• Monday, May 19, 2025

मनमोहनले विकासको भोक जगाउनुभयो – प्रम ओली

ललितपुर, वैशाख १३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले देशका पहिलो वामपन्थी प्रधानमन्त्री मनमोहन अधिकारीले वामपन्थी पार्टी सरकारमा पुग्दा कसरी सरकार चलाउँछन् भन्ने देखाएको बताउनुभएको छ ।

मनमोहन स्मृति प्रतिष्ठानले आज सानेपास्थित प्रतिष्ठान परिसरमा आयोजना गरेको ‘२० औँ स्मृति दिवस’ मा उहाँले अधिकारीले ‘आफ्नो गाउँ आफैँ बनाऊँ’ भन्ने नाराका साथ नागरिकमा विकासको भोक जगाएको विचार व्यक्त गर्दै सामाजिक सुरक्षा र कानूनी राज्य स्थापनाका लागि अधिकारी नेतृत्वको सरकारले उल्लेखनीय काम गरेको बताउनुभयो । उहाँले अधिकारीले राष्ट्रिय स्वाधीनता, वामपन्थी दलको एकता र देश विकासमा पु¥याउनुभएको योगदानको चर्चा गर्दै भन्नुभयो, “चुनौतीका बीचमा पनि उहाँले गर्नुभएका काम निकै महत्वपूर्ण थिए ।”

तत्कालीन नेकपा(एमाले)का अध्यक्ष अधिकारीको शालिकमा माल्यार्पण गर्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष ओलीले एकातिर राजतन्त्रको शक्ति पुनस्थापना गर्ने चाहना र अर्कातिर जनयुद्धको तयारीबीच अधिकारीले पार्टीको नेतृत्व गर्दा देशमा चुनौती रहेको र उहाँपछिको पार्टी नेतृत्वले पनि ती दुवै चुनौती सामना गरेको भनाइ राख्नुभयो । वर्तमान सरकार अधिकारीका अधूरा सपना पूरा गर्न लागिपरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “विभिन्न कानून निर्माणमार्फत मुलुक संविधानको कार्यान्वयन हुने दिशामा रहेको छ ।”

सो अवसरमा प्रतिष्ठानका कोषाध्यक्ष लक्ष्मीदास मानन्धरले नेपालको वाम आन्दोलनमा अधिकारीको भूमिका अनुकरणीय रहेको बताउनुभयो । कार्यक्रममा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपाका नेता वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, पम्फा भुसाललगायतको उपस्थिति थियो । पूर्वप्रधानमन्त्री अधिकारीको विसं २०५६ वैशाख १३ गने निधन भएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter