विपद् व्यवस्थापन सम्बन्धी अनुभव आदानप्रदान

काठमाडौँ, वैशाख १३ गते । विपद् व्यवस्थापनमा जापानजस्ता देशको अनुभवका आधारमा पाठ सिकी पूर्व तयारी गरिनुपर्ने आवश्यकता औँँल्याइएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० ले आज यहाँ आयोजना गरेको कार्यक्रममा विपद् व्यवस्थापनमा अध्ययन अनुसन्धान गर्दै आएका विज्ञले दुवै देशका अनुभव आदानप्रदान गरी एकआपसमा ज्ञान सीप बाँडिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले दुवै देशका अनुभव आदानप्रदान गर्न अर्को वर्ष वैशाख १२ को अवसर पारेर अन्तर्राष्ट्रिय सम्मेलन गरिने बताउनुभयो ।

“राजनीतिक सङ्क्रमणकाबीच भूकम्पपछिको अप्ठ्यारो अवस्थाबाट नेपालमाथि उठेको छ”, उहाँले भन्नुभयो, “विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ अनुसार प्राधिकरण गठन हुने कानूनी व्यवस्था भइसकेकाले यस सम्बन्धी स्थायी संरचना समेत बन्ने निश्चित भएको छ, विभिन्न देशका अनुभव आदानप्रदान गरी त्यसका आधारमा स्थानीय तहसम्म कार्यान्वयनको प्रक्रिया अघि बढाइने छ ।”

राष्ट्रिय भवनसंहिता समयानुकूल संशोधन गरी देशभर भूकम्प प्रतिरोधी संरचना निर्माणका लागि आधार तयार गर्ने गृहकार्य भइरहेको पनि उहाँले जानकारी दिनुभयो । जापानी राजदूतसँग केही दिनअघि भएको वार्तामा भूकम्प सङ्ग्रहालय र अनुसन्धान केन्द्र निर्माणमा सहकार्य गर्ने विषयमा छलफल अघि बढेको प्राधिकरणले जनाएको छ ।

आगामी आर्थिक वर्षदेखि भूकम्प प्रभावित जिल्लामा आर्थिक सामाजिक पुनःस्थापनाका विशेष कार्यक्रम ल्याउने गरी सरोकार भएका निकायका बीचमा कुराकानी भइरहेको छ । नेपालका लागि जापानी राजदूत मासामिची साइगोले नेपालको पुनःनिर्माणमा आर्थिक तथा प्राविधिक सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जापानी विपद् व्यवस्थापनको अनुभव नेपालका लागि सहयोगी हुने उहाँको भनाइ थियो । विपद् व्यवस्थापनका बारेमा अनुसन्धानरत जापानको नागोया विश्वविद्यालयका प्रा डा सातोरु निशिकावाले जापानमा विपद् व्यवस्थापन सम्बन्धी स्पष्ट कानूनी एवं नीतिगत व्यवस्था गरी स्थानीय सरकारको तहसम्म कार्यान्वयनपछि विपद्को जोखिम न्यून गर्न सफल भएको अनुभव सुनाउनुभयो ।

कार्यक्रममा जापानको हिगाशी मात्सुशिमा शहरका उपप्रमुख शु ओयामा जाइका नेपालकी प्रमुख प्रतिनिधि युमिका आसाकुमा, वरिष्ठ प्रतिनिधि डा कोजो नागामीले जापानले भूकम्प, सुनामीलगायत विपद् व्यवस्थापनमा हासिल गरेका अनुभव एवं उपलब्धिका बारेमा चर्चा गर्नुभएको थियो ।

सो अवसरमा पूर्वमन्त्री एवं विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन ल्याउन सक्रिय हुनुभएका गङ्गालाल तुलाधर, प्राधिकरणका विकास सहायता समन्वय शाखा प्रमुख दिव्यराज पोखरेल र सहप्रवक्ता एवं उपसचिव मनोहर घिमिरे लगायतले विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि भइरहेको पुनःनिर्माणका विविध पक्ष एवं यसमा नेपालले हासिल गरेका अनुभवका बारेमा प्रकाश पार्नुभएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter