बीमाका बिरामीलाई छुट्टै बहिरङ्ग विभाग

चितवन, वैशाख १६ गते । भरतपुर अस्पतालले बीमा गरेका बिरामीका लागि छुट्टै विभाग खोलेर बहिरङ्ग सेवा दिन शुरु गरेको छ । बीमाका बिरामीको चाप बढेपछि अस्पतालले नयाँ विभाग शुरु गरेको हो ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार अस्पताल आउने बिरामीमध्ये झण्डै आधा बीमाका भएपछि सहज सुविधा दिने उद्देश्यले नयाँ विभाग शुरु गरिएको हो । उहाँका अनुसार बीमाका दैनिक ६०० बिरामी अस्पताल आउने गरेका छन् ।

बीमा नभएका बिरामीको सङ्ख्या ७०० हाराहारी हुने गरेको उहाँले बताउनुभयो । सो बहिरङ्ग सेवामा चार जना चिकित्सक रहने व्यवस्था गरिएको छ । बीमा गरेकाले अन्य विभागबाट पनि सेवा लिन सक्ने व्यवस्था गरिएको पौडेलले बताउनुभयो ।

हरेक दिन बिहान ९ बजेदेखि ३ बजेसम्म सेवा दिन सक्ने गरी बहिरङ्ग सेवा खोलिएको हो । अन्य बिरामीका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बहिरङ्ग सेवा सञ्चालन गरिएको छ । अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार सरकारले हाल बीमाका बिरामीलाई प्रथम सेवा बिन्दुको रुपमा प्राथमिक स्वास्थ्य केन्द्र र सरकारी अस्पताल तोकिएकाले सरकारी अस्पतालमा बिरामीको भीड लाग्ने गरेपछि बहिरङ्ग सेवा थप गरेको बताउनुभयो ।

निःशुल्क स्वास्थ्य बीमाअन्तर्गत देशका ४२ जिल्लामध्ये चितवनमा सबैभन्दा बढी सङ्ख्यामा बीमा गरेको कार्यालयले जनाएको छ । स्वास्थ्य बीमा बोर्ड चितवनका अनुसार जिल्लामा दुई लाखभन्दा बढीले स्वास्थ्य बीमा गरेका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter