• Tuesday, April 08, 2025

टेनिसमा विदेशी समेत आर्कशित, सिटिजन्स बैंक टेनिसको तयारी पूरा

काठमाडौं, बैशाख १५ गते । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको मुख्य प्रायोजन तथा काठमाडौं जिल्ला टेनिस संघको आयोजनामा हुने सातौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको तयारी पूरा भएको छ । सोमबारदेखि सुरु हुने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् तथा भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको कोर्टमा खेलाइने छ ।

प्रतियोगितामा १ सय ३८ खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजक संघका अध्यक्ष मनोहरदास मुलले जनाएका छन् । पुरुष÷महिला सिंगल्स, मिक्स डबल्स र विभिन्न उमेरसमूहको भेट्रान स्पर्धासहित जम्मा १० स्पर्धामा खेल हुनेछ । नगद पुरस्कार राशी ४ लाख ९८ हजार ५ सय रुपैयाँ राखिएको छ । प्रतियोगिता बैशाखा २१ गतेसम्म सञ्चालन हुनेछ ।

सो प्रतियोगीतामा पाँचजना बिदेशी नागरीकहरुले समेत भाग लिएका छन् । बिगतमा नेपालमा टेनिस खेलको प्रचलन कम भएपनि हाल अन्तराष्ट्रियस्तरका टेनिस कोर्टहरु खुलेर कम शुल्कमा स्तरिय प्रशिक्षण दिन थालेपछि यो खेलमा नेपाली तथा बिदेशीको लगाव बढ्दै गैरहेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter