• Thursday, May 01, 2025

एक हजार युवालाई एक अर्ब रुपियाँ ऋण लगानी गरिने

सविता शर्मा / काठमाडौँ, वैशाख २६ गते । वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै कुनै उद्योग÷व्यवसाय सुरु गर्न चाहने एक हजार युवालाई एनएमबी बैङ्कले एक वर्षमा एक अर्ब रुपियाँ लगानी गर्ने भएको छ । युवालाई स्वदेशमै स्वरोजगारको वातावरण तयार गर्न सहज कर्जा प्रवाहका लागि यस्तो व्यवस्था गर्न लागिएको हो ।

राष्ट्रिय युवा परिषद्को पहलमा बैङ्क, रिटर्नी माइग्रेण्ट नेपाल (वैदेशिक रोजगारीबाट फर्केका युवाको संस्था) र परिषद्बीच मङ्गलबार त्रिपक्षीय सम्झौता भएको छ । परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेल, बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र रिटर्नी माइग्रेण्ट नेपालका अध्यक्ष उत्तम अधिकारीले सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो ।

रिटर्नी माइग्रेण्ट नेपालको सिफारिसमा परिषद्ले परामर्श तथा तालिम दिने र बैङ्कले ऋण उपलब्ध गराउने सहमति भएको छ । नेपाल सरकारले ल्याएको सहुलियतपूर्ण कर्जाको प्रभावकारी कार्यान्वयन र युवालाई उत्पादनसँग जोड्दै स्वरोजगारका अवसर सिर्जना गर्न सहयोग पु¥याउने उद्देश्यका साथ यो सम्झौता गरिएको बताइएको छ ।

वैदेशिक रोजगारीबाट फर्किएर नेपालमा काम गर्न चाहने युवाका लागि सहयोग गर्न खोजिएको स्पष्ट पार्दै बैङ्कका कार्यकारी अधिकृत केसीले भन्नुभयो– “बेरोजगारी समस्यालाई समाधान गरौँ भनेर काम गर्न खोजेका हौँ ।” धेरै नेपाली युवा विदेशमा श्रम गरिरहेको अवस्था उल्लेख गर्दै उहाँले यो सम्झौताले सकारात्मक सन्देश जाने बताउनुभयो । उहाँले सहुलियत कर्जाको कार्यविधि र अन्य व्यवस्था अनुसार पनि थप कर्जा प्रदान गर्न सकिने पनि जानकारी दिनुभयो । रिटर्नी माइग्रेण्ट नेपालका अध्यक्ष उत्तम अधिकारीले सरकारले ल्याएको सहुलियतपूर्ण कर्जासम्बन्धी कार्यविधि सहजरूपमा प्राप्त गर्नसक्ने अवस्था नभएका कारण यस्तो सम्झौता गर्नुपरेको बताउनुभयो । सैद्धान्तिक रूपमा नीति आए पनि त्यसको कार्यान्वयनको पक्ष सहज नहुने भएकाले एनएमबी बैङ्कसँग यस्तो सम्झौता गरिएको उल्लेख गर्दै उपाध्यक्ष ढुङ्गेलले भन्नुभयो । युवालाई उद्यमसँग जोड्नका लागि सहजरूपमा कर्जा उपलब्ध गराउने विषयमा अन्य निजी बैङ्कहरूसँग पनि अनौपचारिक छलफल र प्रयास भइरहेको छ । यसरी जाँदा कर्जाका लागि प्रत्यक्षरूपमा आउनेलाई बैङ्कले छनोट गर्नु नपर्ने भएको जानकारी दिँदै अध्यक्ष अधिकारीले भन्नुभयो, “पूर्णरूपमा हामले छनोट गरेर सिफारिस गर्छौं, परिषद्ले तालिम र परामर्श दिन्छ ।”

वैदेशिक रोजगारीबाट फर्केका करिब १९ हजार युवाले वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा सहुलियत कर्जाका लागि आवेदन दिएका थिए । त्यसरी आवेदन दिनेले कर्जा पाउन सकेका छैनन् । अध्यक्ष अधिकारीले बैङ्कसँगको समझदारीले वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वदेशमै स्वरोजगार बनाउन सकेमा ठूलो उपलब्धि हुने बताउनुभयो ।

सहुलियतपूर्ण कर्जाको कार्यविधि प्रभावकारीरूपमा कार्यान्वयन हुनसकेको छैन । सरकारले राम्रा कार्यक्रम घोषणा गरे पनि त्यसको कार्यान्वयनमा निकै चुनौती देखिने र अन्त्यमा प्रभावहीन हुने अवस्था आउँछ । सहुलियतपूर्ण कर्जाको कार्यविधि अत्यन्त राम्रो व्यवस्थासहित ल्याइएको छ जसमा बैङ्कको कर्जा र व्यवसायीको व्यवसाय दुवैलाई सुरक्षित हुने ग्यारेन्टीसमेत गरिएको छ तर पनि उक्त कार्यविधि कार्यान्वयन हुन सकेको छैन । यो सम्झौताले उक्त कार्यविधि कार्यान्वयनलाई पनि सहयोग पुग्नेछ ।

परिषद्का उपाध्क्ष्य ढुङ्गेलले परिषद्ले पटक/पटक गरेको प्रयासबाट उपलब्धि हासिल भएको र यसको सफल कार्यान्वयन गरी युवालाई सहज वातावरण बनाउन भूमिका निर्वाह गर्ने जानकारी दिनुभयो ।

वैदेशिक रोजगारीमा रहेका धेरै युवाले स्वदेशमा सहज वातावरण भएमा फर्कन चाहेको भन्दै चासो लिइरहेको प्रसङ्ग जोड्दै उहाँले यो क्षेत्रका युवाका लागि यो सम्झौता अत्यन्त सकारात्मक र उपलब्धि हुने स्पष्ट पार्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter