धार्मिकस्थलको विकाससँगै पर्यटकको आकर्षण बढाउनुपर्छ : नेता खनाल

काठमाडौँ, वैशाख २८ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले नेपालका धार्मिकस्थलको विकाससँगै पर्यटकको आकर्षण बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

श्री पशुपतिनाथ एवं वाग्मती गङ्गा आरती सेवा समिति नेपालद्वारा आज यहाँ आयोजित ‘स्मारिका–२०७६’ विमोचन कार्यक्रममा उहाँले नेपालका जीर्ण अवस्थामा पुगेका पुराना मठमन्दिरको समेत पुनःसंरचनासँगै पर्यटकको आकषर्ण बढाउनुपर्ने बताउनुभयो ।

“सेवा समितिले पशुपतिमा शुरु गरेको गङ्गा आरती कार्यक्रमले पशुपतिको महत्वसँगै पर्यटकको समेत आकर्षण बढाएको छ, यस्ता अन्य धार्मिकस्थलमा फरक फरक ढङ्गबाट पर्यटकको आकर्षण बढाउन सकिन्छ”, उहाँले भन्नुभयो । विसं २०६४ देखि पशुपतिनाथ मन्दिरको पूर्व भाग वाग्मती गङ्गाको पूर्वी प्राङ्गणको सार्वजनिकस्थलमा हरेक बेलुका गङ्गा–आरती कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

पूर्वमन्त्री शान्ता मानवीले धार्मिकस्थलका रुपमा परिचित पशुपति क्षेत्रलाई अझै व्यवस्थित ढङ्गबाट अगाडि बढाउनुपर्ने बताउनुभयो । समितिका अध्यक्ष जनार्दन शर्मा अधिकारीले पछिल्लोपटक सङ्गीतमय आरतीप्रति स्वदेशी र विदेशीको समेत आकर्षण बढ्दै गएको जानकारी गराउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter