• Thursday, May 01, 2025

असहाय बालबालिकाको अभिभावक रेन्बो

पोखरा, जेठ २५ गते । समाजका गरीब, विपन्न एवं असहाय बालबालिकाको लागि रेन्बो बालगृह यतिखेर अभिभावक बनेको छ । सानो उमेरमा आमाबुबा गुमाएसँगै बेसहारा बनेका बालबालिकाको लागि सो बालगृह अभिभावक बनेको छ ।

स्याङ्जाको ग्रामीण क्षेत्रमा आफन्त गुमाएपछि कष्टकर जीवन बिताउन बाध्य एकै परिवारका तीन जना बालबालिकालाई ल्याएर २०६२ सालमा शुरु गरिएको बालगृहले अहिले ६५ बालबालिकालाई प्रत्यक्ष र परोक्षरुपमा सहयोग गर्दै आएको निर्देशक गोमा ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार डेढ दशकअघिबाट पोखरा महानगरपालिका वडा नं। ६ डिहिको पाटनमा भाडामा लिएको घरमा सञ्चालन हुँदै आएको बालगृहमा ४० बालबालिका रहेका छन् भने २५ लाई परिवारसँगै राखेर पठनपाठनमा सहयोग गर्दै आएको छ ।

संस्था सञ्चालनको पहिलो चरणमा निकै कठिनाइ परेपनि पछिल्लो समय सबै क्षेत्रको सहयोगले असहाय बालबालिकाको क्षेत्रमा लाग्न आफूलाई थप प्रेरणा मिलेको बताउँदै उहाँले भन्नुभयो, “कतिपय बाबुनानीहरु परिवारमा पुनःस्थापित भइसकेका छन् ।”

कठिन परिस्थितिका बालबालिकालाई एउटै छानामुनि आधारभूत शिक्षा, स्वास्थ्यलगायतका विभिन्न आवश्यकतासहित मातृत्वस्नेह प्रदान गरेको सो बालगृह पछिल्लो समय सबैका लागि अनुकरणीय बन्दै आएको छ ।

आफूले जन्म दिएका सन्तानको समेत उचित ध्यान पु¥याउन कठिन बन्दै गएको हाम्रो समाजमा विभिन्न क्षेत्र, वर्ग र संस्कारबाट आएका बालबालिकाको अभिभावक बन्न पाएकोमा आफूलाई गर्व लागेको निर्देशक ढकालको धारणा छ ।

कास्की, तनहुँ, गोरखा, सोलुखुम्बु, सिन्धुपाल्चोक, कालीकोट, दाङलगायत विभिन्न जिल्लाका बालबालिका आबद्ध रहेको सो बालगृह स्वदेशी तथा विदेशी दाताको आर्थिक सहयोगबाटै बालगृहले निरन्तरता पाएको उहाँको भनाइ थियो ।

बालबालिकाको क्षेत्रमा कार्यरत विभिन्न सङ्घसंस्था एवं सरकारीस्तरबाट समेत कठिन परिस्थितिमा रहेको बाबुनानी बालगृहमा आउने गरेको बताउँदै निर्देशक ढकालले भन्नुभयो, “हुर्काउनभन्दा पनि उनीहरुको जन्मदर्ताको कुनै पनि आधार नहुँदा अप्ठेरो पर्ने गरेको छ ।”

आफन्त र घरवाससमेत नभएका यस्ता बालबालिकाको अधिकार सुनिश्चित हुने खालका ऐन, कानून तथा नीति निर्माण गर्नुपर्नेमा जोड दिँदै उहाँले बालगृहलाई घर बनाएका बालबालिकाका लागि योग्यता क्षमताका आधारमा रोजगारको व्यवस्था गर्न राज्यको ध्यानाकर्षण गराउनुभयो ।

बालगृह सञ्चालक समितिका अध्यक्ष राजेन्द्र थापाका अनुसार बालबालिकाको शिक्षा, स्वास्थ्य, आवास तथा पालनपोषणमा मात्र मासिक रु सात लाख ५० हजार बढी खर्च हुने गरेको छ । जर्मनको भिपी फाउण्डेशनलगायत अष्ट्रेलिया, अमेरिका, फ्रान्स, इटलीलगायतका विभिन्न देशका व्यक्तिका साथै स्वदेशी विभिन्न सङ्घसंस्था र व्यक्तिको सहयोगले बालगृह सञ्चालन भइरहेको छ ।

सो संस्थामा जम्मा भएको कूल रकमको पाँच प्रतिशत रकम सङ्कलन गरेर पोखरा २४ स्थित चिप्लेटिमा बालगृहले खरीद गरेको लगभग १० रोपनी जग्गामा रेन्बो कृषि फार्म सञ्चालन गर्ने योजना रहेको रेन्बो बालगृह सञ्चालक समितिका सचिव इन्दिरा लामिछानेले बताउनुभयो । “बालगृहमा आबद्ध बालबालिकालाई कृषि व्यवसायमा आकर्षण गरी स्वरोजगार सिर्जना गर्ने संस्थाको लक्ष्य छ”, उहाँले भन्नुभयो, “पोखरा २४ चिप्लेटीमा खरीद गरिएको सो जग्गामा संस्थाले अहिले धानखेती गर्दै आएको छ ।” रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter