• Thursday, May 01, 2025

थानकोट–नागढुङ्गा सुरुङमार्ग निर्माण असोजबाट

भउचप्रसाद यादव / काठमाडौँ, जेठ ३२ गते । थानकोट–नागढुङ्गा सडकखण्डमा प्रस्तावित सुरुङमार्ग निर्माणको शिलान्यास असारभित्रमा हुने भएको छ ।

सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुणजङ्ग थापाले थानकोटको नागढुङ्गाबाट धादिङको सिस्नेखोला निस्कने सो सुरुङमार्ग निर्माणका लागि निर्माण कम्प्नी छनोट प्रत्रिया अन्तिम चरणमा रहेको छ ।

‘असारको पहिलो हप्तासम्म निर्माण कम्पनी छनोट भई असारभित्रमा शिलान्यास गरिने छ,’ उहाँले भन्नुभयो । महाशाखले सुरुङमार्ग निर्माणका लागि ग्लोबल टेन्डर (बोलपत्र) आह्वान गरेको थियो । अहिले अह्वान अनुसार निवेदन दिएका निर्माण कम्पनीहरूले पेस गरेका प्रस्तावहरुको मूल्याङ्न कार्य भइरहेको छ । महाशाखा प्रमुख थापाले असारको पहिलो हप्तासम्म बोलपत्र मूल्याङ्कनको प्रतिवेदन आउने बताउनुभयो । अहिले जापानी परामर्शदाता कम्पनीबाट बोलपत्र मूल्याङ्कन भइरहेको जानकारी समेत उहाँले दिनुभयो ।

“परामर्शदाता कम्पनीले बोलपत्र मूल्याङ्कनको प्रतिवेदन विकास सहायता कार्यान्वयन महाशाखामा पेस गर्नेछ, महाशाखाले अध्ययन गरेपछि सो प्रतिवेदन सडक विभागमा पठाइने छ, त्यहाँबाट स्वीकृत भइसकेपछि चयन भएका निर्माण कम्पनीलाई सम्झौताका लागि आह्वान गरिनेछ,” उहाँले थन्नुभयो, “यसरी असारभित्रमा निर्माण कम्पनी छनोट गरी शिलान्यास गरिने गरी तयारी भइरहेको छ ।”

महाशाखाका अनुसार, असारमा नै निर्माण कम्पनीसँग सम्झौता गरिए पनि सुरुङको निर्माण कार्य असोजदेखि सुरु गरिने छ । सम्झौता भएको ४२ महिनाभित्र सुरुङमार्ग निर्माण गरी निर्माण कम्पनीले सरकारलाई हस्तान्तरण गर्ने छ । सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाद्धारा निकालिएको सो ग्लोबल बोलपत्रमा पाँचवटा चिनियाँ र एउटा जापानी कम्पनीले बोलपत्र भरेका थिए ।

निर्माण कम्पनीले २.७ किलोमिटर सुरुङ, २.५ किलोमिटर सडक, एउटा फल्लाई ओभर र एउटा सर्भिस सेन्टर निर्माण गर्ने सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाले जनाएको छ ।

कूल २२ अर्ब रुपियाँको लागत निर्माण हुने सो सुरुङमार्गका लागि जापान सरकारले उपलब्ध गराउने १६ अर्ब रुपियाँ ऋण सहायताका लागि दिनेउक्त अण सम्झौतामा नेपाल र जापानबीच सम्झौता भइसकेको छ ।

मुआब्जा वितरण अन्तिम चरणमा

सुरुङमार्ग क्षेत्रमा काठमाडौँ जिल्लातर्फ परेका जग्गाहरूको अधिग्रहण कार्य सम्पन्न भएको छ । जग्गाको मुआब्जा वितरण कार्य अन्तिम चरणमा रहेको सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख थापाले जानकारी दिनुभयो ।

सुरुङमार्गसम्म पुग्ने साढे दुई किलोमिमटर पहुँचमार्गका लागि साढे पाँच अर्व रुपियाँ मुआब्जा वितरण गर्नुपरेकोमा अहिलेसम्म चार अर्ब रुपियाँँ वितरण भइसकेको छ ।

धादिङमा मुआब्जा दर टुङ्गो लागेन

सुरुङमार्ग निर्माणका लागि काठमाडौँ जिल्लातर्फ जग्गा अधिग्रहण कार्य सम्पन्न भई मुआब्जा वितरण कार्य अन्तिम चरणमा रहेपनि सुरुङमार्गको धादिङ जिल्लातर्फको अधिग्रहण गरिएको जग्गाको मुआब्जा दर अझैसम्म टुङ्गो लाग्न नसकेको महाशाखा प्रमुख थापाले दिनुभयो । काठमाडौँ जिल्लाको जग्गाकै दररेटमा मुआब्जा माग्दा धादिङमा टुङ्गो लाग्न नसकेको महाशाखाले जनाएको छ ।

सुरुङमार्गको पहुँचमार्गका लागि जम्मा तीनसय ७७ रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेमा १०९ रोपनी धादिङमा र बाँकी काठमाडौँ जिल्लामा पर्नेछ । प्रस्तावित सुरुङमार्गको कुल लम्बाई साढे दुई किलोमीटर र चौडाई करिब १२ मिटर हुनेछ । उहाँका अनुसार, सुरुङमार्ग तीन लेनको हुनेछ । सुरुङमार्गको तीन लेनमध्ये दुई लेन राजधानी भित्रिने हुनेछ भने एक लेन राजधानीबाट बाहिरिने सवारी साधनका लागि छुट्टयाइनेछ । सुरुङमार्ग थानकोटबाट शुरु भई धादिङको सिस्नेखोलामा निस्कनेछ ।

पृथ्वी राजमार्गको सवारी चाप र जामलाई न्यून गर्न नागढुङ्गादेखि नौबिसे खानीखोलासम्मको सडक चौडा गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । सरकारले २० वर्षे दीर्घकालीन सडक गुरुयोजना (सन् २००२–२०२२) अन्तर्गत मुलुकको विभिन्न भागमा सडक निर्माण गरिहेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter