• Thursday, May 01, 2025

५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर; कृषकलाई बोका वितरण

दमौली,असार ३ गते । कृषिमा यान्त्रिकीकरण र आधुनिकीकरण गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ (तरकारी जोन) तनहँुले कृषकलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको छ । चालू आर्थिक वर्ष २०७५÷७६ मा विनियोजित बजेटबाट एकाइले ५० प्रतिशत अनुदानमा २५ कृषकलाई हाते ट्र्याक्टर वितरण गरेको हो ।

कूल रु १७ लाख ५० हजार पर्ने ट्र्याक्टर ५० प्रतिशत अनुदानमा कृषकलाई वितरण गरिएको एकाइ प्रमुख कुलप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँले परम्परागतरूपमा गरिँदै आएको कृषि प्रणालीलाई आधुनिकीकरण गर्ने उद्देश्यसहित कृषकको मागबमोजिम हाते ट्र्याक्टर वितरण गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “व्यावसायिक तथा बेमौसमी तरकारी खेतीका लागि खेत जोत्न, तरकारी तथा फलफूल लगाउनका लागि हाते ट्र्याक्टर प्रभावकारी हुँदै गएपछि वितरण गरेका हाँै ।” उहाँका अनुसार सहकारी, निजी उद्यमी, फार्म र सामूहिक कृषकलाई प्राथमिकतामा राखी हातेट्र्याक्टर वितरण गरिएको छ । उहाँले भन्नुभयो, “परम्परागत प्रविधिको खेतीले आम्दानीभन्दा खर्च धेरै भइरहेको छ, कृषिमा यान्त्रिकीकरण गर्न सके लागत घट्न गई आम्दानी बढाउन सकिन्छ ।”

हाते ट्र्याक्टर पाएपछि कृषक खुशी भएका छन् । व्यास नगरपालिका–६ श्याम्घाका कृषक लालबहादुर पन्थले हाते ट्र्याक्टरको प्रयोगले समयको सदुपयोगसँगै उत्पादन वृद्धि हुने अपेक्षा गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाते ट्र्याक्टरले थोरै समयमा धेरै काम गर्न सकिने अनुभव बटुलेपछि कृषक यसतर्फ आकर्षित हुन थालेका छन् । गोरुले जोत्दा दुई दिन लाग्ने बारीको काम हाते ट्र्याक्टरमार्फत केही घण्टामै सकिन्छ ।”

कृषकलाई बोका वितरण

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जिल्लाका व्यावसायिक बाख्रापालक कृषकलाई बोका वितरण गरेको छ । व्यावसायिकरूपमा बाख्रापालन गरिरहेका कृषकलाई बाख्रा उत्पादनका लागि सहयोग पु¥याउने उद्देश्यले बोयर क्रस जातको नौ बोका अनुदानमा वितरण गरिएको केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार सहकारी र समूहलाई एक÷एक बोका वितरण गरिएको छ भने सात बाख्रापालक कृषकलाई बोका वितरण गरिएको छ । उहाँका अनुसार बोका वितरणका लागि कार्यालयले सूचना प्रकाशित गरेको थियो । “अनुदानमा बोका वितरणका लागि प्रस्ताव आह्वान गरेका थियाँै, प्रस्ताव हाल्ने कृषकलाई बोका वितरण गरेका हाँै”, श्रेष्ठले भन्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter