• Thursday, May 01, 2025

सेनाले जाेड्याे १४ वर्षमा तीन जिल्ला सडक सञ्जालमा

ललित बसेल / सुर्खेत, साउन २३ गते । करिब १४ वर्षको अवधिमा कर्णाली प्रदेशका तीन जिल्लालाई सडक सञ्जालमा जोडेर नेपाली सेनाको टोली फर्केको छ ।

जाजरकोट, रुकुम र डोल्पा जिल्लालाई सडक सञ्जालमा जोडेर नेपाली सेनाको सडक निर्माण कार्यदल साउन २० गते निर्माण बेस क्याम्पहरु उठाएर फिर्ता भएका हुन् ।

नेपाली सेनाको देवस्थल कैनकाँडा चौरजहारी तथा छिन्चु जाजरकोट डोल्पा दुनै सडक निर्माण कार्यदलले तीन जिल्लालाई सडक सञ्जालमा जोडेको हो ।

वि.सं. २०६१ सालमा सल्यानको सल्लीबजार बेस क्याम्पबाट सेनाले सडक निर्माणको काम थालेको थियो । सल्लीबजारदेखि सडक निर्माण थालेपछि सेनाले २०६५ सालमा रुकुम चौरजहारी र जाजरकोट खलंगामा सडक पु¥याएको थियो ।

त्यसपछि २०७५ सालमा डोल्पालाई सडक संजालमा जोडेको थियो । कूल ११७.७ किमी सडकमा जाजरकोट खण्ड ४६.७ किमी, रुकुम खण्ड ३०.५ किमी र डोल्पा खण्ड ४०.५ किमी पर्दछ ।

तीन जिल्लालाई सडक सञ्जालले जोड्नग सेनाले सातवटा बेसक्याम्प खडा गरेर काम थालेको थियो । जाजरकोटमा मन्मै र तल्लु बगर, रुकुममा मन्का बगर र त्रिवेणी तथा डोल्पामा खदाङ, घाउने र सुलिगाड बेसबाट सडक खन्ने काम गरिएको थियो ।

सडक निर्माण कार्यदलका प्रमुख कर्णेल विश्ववन्धु पहाडीले तीन वटा जिल्लालाई सडक सञ्जालले जोड्ने क्रममा अग्ला भीरहरु, कडा चट्टानहरुको सामना गरिएको बताउनुभयो ।

‘डोल्पा दुनै सडक पु¥याएपछि हामीलाई दिएको जिम्मेवारी पूरा ग¥यौं, त्यसैले साउन २० गतेदेखि हामी सबै फर्किएका छौं, उहाँले भन्नुभयो । ‘सडक कालोपत्रे गर्ने, पुलहरु निर्माण गर्ने काम सडक विभागको भएको हो ।’

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter