• Thursday, May 01, 2025

लमजुङमा वातावरणमैत्री साइकल ¥याली

बेलिना थापा / लमजुङ, साउन २५ गते । वातावरण संरक्षणका लागि लमजुङमा साइकल ¥याली सञ्चालन गरिएको छ ।

प्रथम हामखोला झरना (वाटरफल) फेस्टिबलको अवसरमा लमजुङको बेसीसहरबाट खुदी–भुलभुले हुँदै ङादीसम्म उक्त ¥याली आयोजना गरिएको हो ।

फेस्टिबल उपसमितिका संयोजक प्रमोद घलेका अनुसार बढ्दो वातावरण प्रदूषणलाई न्युनिकरण गर्न वातावरणमैत्री साइकल ¥याली गरिएको हो ।

यसले युवाको शारीरिक र मानसिक रुपमा फाइदा पु¥याउने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो–‘पेट्रोल र डिजेलले सवारी साधन चलिरहेको छ ।

यसले धुवा धुलो फैलाउने गरेको छ । यसले वातावरण प्रदूषण भएको छ ।

नजिकको यात्रामा अन्य सवारी साधन भन्दा साइकल उपयुक्त हुने सन्देश दिन ¥याली गरिएको हो ।’

उपसमितिका सचिव रवि थापाका अनुसार उक्त ¥याली बेंसीसहरबाट ङादीमा पुगेर टुंगिने छ ।

ङादीसम्म करिव १५ किलोमिटर छ । साइकल ¥याली लमजुङका २५ जना युवा सहभागि छन् ।

मस्र्याङ्दी गाउँपालिका ८ भुलभुलेस्थित हामखोला झरनामा युवा लक्षित वाटरफल फेस्टिबल सञ्चालन गरिरहँदा युवाकै लागि साइकल ¥याली गरिएको उहाँले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter