लोकतन्त्रको रक्षाका लागि सबै दललाई एकै ठाउँमा उभिन प्रधानमन्त्रीको आग्रह

काठमाडौं, ३ भदौ–प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र प्राप्त महत्वपूर्ण उपलब्धिलाई संस्थागत गर्दै अगाडि बढ्न सबै दलहरुलाई एक ठाउँमा उभिन आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले लोकतन्त्र र प्राप्त उपलब्धिविरुद्ध षड्यन्त्र हुन थालेको भन्दै सबैलाई मिलेर अघि बढ्न आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले सर्वदलीय बैठकमा आफ्नो पछिल्लो स्वास्थ्य अवस्थाकाबारेमा पनि जानकारी गराउँदै थप उपचारका लागि भोलि सिंगापुर जान लागेको जानकारी गराउनुभयो ।

आफ्नो उपचारका लागि यसअघि दुई डोज औषधि लिइसकेको र थप एक डोज लिन बाँकी रहेको जानकारी गराउनुभएको थियो । उहाँले सिंगापुरबाट फर्केर आएपछि फेरि सर्वदलीय छलफल गर्ने बताउनुभयो । बैठकमा सहभागी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले लडेर ल्याएको लोकतन्त्र र प्राप्त उपलब्धि रक्षाका लागि सबै एकजुट भएर अघि बढ्न आग्रह गर्नुभएको थियो ।

बैठकमा नेकपाका तर्फबाट पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ, नारायण काजी श्रेष्ठ, वामदेव गौतम, विष्णु पौडेल, ईश्वर पोख्रेल, सुवास नेम्वाङ सहभागी भएका थिए । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, बिजय गच्छदार, पूर्णबहादुर खड्का, मिनेन्द्र रिजाल सहभागी सहभागी भएका थिए भने समाजबादी पार्टी नेपालबाट अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव सहभागी थिए । त्यसैगरी राजपाका तर्फबाट राजकिशोर यादव र महन्थ ठाकुर सहभागी थिए ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter