• Thursday, May 01, 2025

विज्ञापन विधेयक पारित : क्लिनफिड तत्काल लागू हुने, ऐन बने सरकारी विज्ञापन एकद्वार प्रणालीबाट

काठमाडौं ४ भदौ– संसदको राज्य व्यवस्था समितिले तत्कालै क्लिनफिड लागू हुने व्यवस्था राख्दै बुधवार विज्ञापन विधेयक पारित गरेको छ ।
यसअघि राष्ट्रियसभाबाट विज्ञापनसम्बन्धी विधेयक पारित हुँदा सरकारले राजपत्रमा सूचना प्रकाशित गरी मिति तोकेपनि सो व्यवस्थालाई संसोधन गर्दै प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले क्लिनफिड तत्कालै लागू हुने व्यवस्था राखेर विधेयक पारित गरेको हो ।

पारित विधेयक ऐन लागू हुँदा प्रशारण सम्झौता भइसकेका च्यानललाई भने एक वर्ष समय दिइएको छ ।

ऐन प्रारम्भ हुँदा विदेशी च्यानलसँग डाउनलिंक गरी प्रशारण गर्न सम्झौता गरेका संस्थाले एक वर्षभित्र विज्ञापनरहित (क्लिन फिड) प्रशारण गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यो व्यवस्थाले हाल प्रशारण भइरहेका विदेशी च्यानललाई एक वर्षसम्म क्लिनफिड लागू नहुने भएको छ । नेपालमा प्रशारण गर्न नयाँ सम्झौता गर्ने विदेशी च्यानलमा भने तत्कालै क्लिनफिड लागू हुनेछ ।

विज्ञापन विधेयकले सरकारी विज्ञापन एकद्वार प्रणालीबाट वितरण गर्ने व्यवस्था पनि गरेको छ । विधेयकमा सबै प्रकारका सरकारी विज्ञापन विज्ञापन बोर्डमार्फत वितरण हुने व्यवस्था गरिएको छ ।

ऐन विपरीत कसैले विज्ञापन गरेको पाइएमा बोर्ड वा स्थानीय तहमा उजुरी गर्न सक्ने व्यवस्था पनि राखिएको छ । सजाय हुने कसुर सम्बन्धी शुरु कारबाही र किनारा गर्ने अधिकार भने सम्बन्धित जिल्ला अदालत र स्थानीय तहलाई दिइएको छ ।

विधेयकमा सामाजिक सञ्जालबाट गरिने विज्ञापनमा पनि आधिकारिकता खोज्ने लगायतका विषयमा पनि व्यवस्था गरिएको छ । यो ऐन लागू भएपछि सामाजिक सन्जालमार्फत गरिने विज्ञापनमा पनि विज्ञापनकर्ताको नाम, ठेगाना र आधिकारिकताको बारेमा प्रष्ट उल्लेख गर्नु पर्नेछ ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter