• Friday, May 02, 2025

चियापान समारोह राष्ट्रिय एकता र मेलमिलापको कडी

ललितपुर , असोज २६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसले आयोजना गरेको ‘चियापान’ समारोह राष्ट्रिय एकता, राजनीतिक सहमति तथा मेल मिलापको कडी बनेको बताउनुभएको छ ।

प्रतिपक्ष दल तथा काँग्रेस पार्टीले विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत्, छठ तथा ल्होसार पर्वको अवसरमा आइतवार आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

जननायक वीपी कोइराला ३३ सालमा राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केको सम्झनामा काँग्रेस पार्टीले २०३५ सालदेखि प्रत्येक वर्ष दशैं कोजाग्रत पूर्णिमाको दिन चियापान समारोह तथा शुभकामना आदानप्रदान गर्दै आएको छ ।

यस किसिमको चियापान कार्यक्रमले शान्ति, संविधान र लोकतन्त्रको सहयात्रामा सबैलाई एउटै मार्गमा हिडाउन सहयोग पु¥याएको चर्चा गर्दै प्रधानमन्त्री ओलीले हाम्रा चाडपर्व, धर्म र संस्कृतिले टाढिएका मनलाई नजिक र आपसी सु–सम्वन्ध विस्तार गर्न सहयोग पु¥याएको बताउनुभयो ।

पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलसँगको आफ्नो सम्वन्ध ४५ वर्ष पुरानो रहेको स्मरण गराउर्दै उहाँले यस किसिमको धार्मिक तथा साँस्कृतिक परम्पराले राजनीतिक मतभेद र अविश्वास हटेर जानुका साथै राष्ट्र निर्माणको अभियानमा सबैलाई एकैस्थानमा ल्याउन सहयोग पुग्ने धारणा राख्नुभयो ।

चाडपर्व मनाउने नाममा फजुल खर्च, जुवातास लगायतका गलत क्रियाकलापबाट टाढै रहन शुभकामना दिर्दै उहाँले नराम्रो कामको पछि नलाग्न र राम्रो कामको सबैले अनुशरण गर्न सुझाव दिनुभयो । सत्यको विजय असत्यको हार धार्मिक मूल्यमान्यता नै रहेको भनाई उहाँको थियो ।

त्यस्तैं, पार्टी सभापति शेरबहादुर देउवाले जननायक वीपीले राष्ट्रिय एकता, अखण्डता र आपसी मेलमिलापलाई मजवुत तुल्याउन शुरु गर्नु भएको चियापान समारोह राष्ट्रिय राजनीति सन्तुलन, विकास र मिलापका लागि मियो बन्दै गएको बताउनुभयो ।

यस किसिमको चियापानले विभिन्न राजनीति पार्टीहरूबीचको आपसी मतभेदलाई हटाउनका अतिरिक्त सहमतिको वातावरण निर्माण गरी ठूलठूला राजनीतिक समस्या समाधान गर्न सहयोग पु¥याएको स्मरण पनि उहाँले गराउनुभयो ।

छिमेकी राष्ट्र चीनका राष्ट्रपति सी चिनफिङसंगको औपचारिक भेटवार्ता एतिहासिक भएको स्मरण गराउर्दै सभापति देउवाले राष्ट्रपति सीको नेपाल भ्रमणले नेपाल–चीनबीचको घनिष्ट सम्वन्धलाई थप उचाईमा पु¥याएको बताउनुभयो ।

राष्ट्रपति सीले चीनको औपचारिक भ्रमणका लागि गर्नु भएको आमन्त्रणलाई आफूले स्वीकार गरेको जानकारी उहाँले दिनुभयो । हामी एकचीन नीतिप्रति हामी प्रतिवद्ध छौं उहाँले थप्नुभयो–चीनले गरेको उपलब्धीबाट हामीले धेरै कुरा सिक्न जरुरी छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काँग्रेसले आयोजना गर्ने चियापान साँस्कृति चाडपर्वसंगमात्र नभइ राष्ट्रिय राजनीतिमा सहमति–सहकार्य गर्ने अक्षुण सम्वन्ध बनेको बताउनुभयो ।

वर्तमान परिवर्तनको सहयात्राको साक्षी पनि यस्तैं सहमति र सहकार्य नै भएको उल्लेख गर्दै उहाँले भन्नुभयो–राजनीतिमा असम्भव केही छैन, फेरी पनि राजनीतिले कोल्टे फेर्न सक्छ । उहाँले तत्कालिन काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला र आफूबीच भएको सहमति परिवर्तनको मुख्य आधार भएको स्मरण गराउनुभयो ।

चियापान समारोह दिउँसो दुईवजेबाट शुरु भए पनि सहभागीको संख्या साँझसम्म रहेको थियो । काँग्रेस पार्टी प्रवक्ता विश्वराज शर्माले एकलाख भन्दा बढीको सहभागीता रहने अनुमान गरिएको बताउनुभयो । यस पटकको चियापान कार्यक्रम भब्य र सभ्य रहेको थियो ।

चियापानमा सहभागी नेताहरूको संक्षिप्त प्रतिक्रिया–

झलनाथ खनाल–(पूर्वप्रधानमन्त्री) नेपाली काँग्रेसले शुरु गरेको यही एतिहासिक सम्वन्धका कारण मुलुकमा आमूल परिवर्तन आएको छ । यसलाई संस्थागत गर्न अझै सहमतिबाट नै अगाडि बढ्न आवश्यक छ । दशै, तिहार, नेपाल सम्वत, छठ, उधौली–उभौली जस्ता चाडपर्वहरूले राजनीति विचारलाई मात्र नभइ सम्पूर्ण नेपालीलाई एकशुत्रमा बाँधेको छ ।

माधवकुमार नेपाल– (पूर्वप्रधानमन्त्री ) नेपालीहरुले मनाउने चाडपर्व, धर्म संस्कृतिहरू एउटा परिवारमा मात्र सीमित नभएर सबैले (एकले अर्काको चाडपर्व तथा संस्कृति ) मनाउने गरेका छन् । यो नै नेपाली समाजको विविधतामा एकता हो । चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण एतिहासिक र उपलब्ध मूलुक बनेकोमा गर्व गर्नुपर्छ ।

बाबुराम भट्टराई–पूर्वप्रधानमन्त्री नेपाली काँग्रेस देशकै जेठो पार्टी हो । यसले बसालेको परम्परा जीवन्त इतिहास हुने गरेको छ । संघीय लोकतान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्न काँग्रेसले नै अभिभावकको जिम्मेवारी निर्वाह गर्नुपर्छ । यो दिनले सबैमा सुख, शान्ति र समृद्धि ल्याउनेमा कामना गर्दछु ।

महन्थ ठाकुर–नेता (राजपा), काँग्रेसको चियापान राष्ट्रिय एकता र मेलमिलापको प्रति हो । यो हामी नेपालीहरूले मनाउने चाडपर्व र संस्कृतिसंग मात्र सम्वन्धित छैन । राष्ट्रिय राजनीतिलाई एउटै स्थानमा समेट्न सफल छ ।

नारायाणकाजी श्रेष्ठ–प्रवक्ता (नेपाल कम्युनिष्ट पार्नी (नेकपा)–आपसी सहयोग, सद्भाव र सहकार्य गर्न तथा सबै नेपालीमा एकताको भावना जागृत गर्न यस दिनले विशेष अर्थ राख्छ । चियापानलाई चियापानको रुपमा मात्र नभइ आर्थिक सृमद्धि र जनताको जीवन परिवर्तनमा देख्नु पर्ने वेला आएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter