बोनिता शर्मा विश्वका शक्तिशाली सय महिला भित्र पर्न सफल

काठमाडौं, असोज २९ गते । पोषण सुधार अभियन्ता बोनिता शर्मा सन् २०१९ को विश्वका शक्तिशाली सय महिलाको सूचीमा पर्नुभएको छ । ब्रिटिश ब्रोडकास्टिङ कोरपोरेशन(बीबीसी)ले सार्वजनिक गरेको विश्वका सयजना प्रेरणादायी र प्रभावकारी महिलाको सुचीमा नेपालकी बोनिता शर्मा पर्नुभएको हो ।

अभियन्ता शर्मालाई बीसीसीले ज्ञानको सूचीमा राखेको छ । बीबीसीले सय महिलालाई छ श्रेणीमा विभाजन गरेर सूचीकृत गर्दै आएको छ । पृथ्वी, ज्ञान, नेतृत्व, रचनात्मकता, खेल तथा परिचय गरी छ प्रकारमा विभाजित श्रेणीमध्ये शर्माले आफ्नो ज्ञान र सोचाइले पोषण सुधारका लागि गर्नुभएको योगदान प्रशंसनीय रहेको बीबीसीले जनाएको छ ।

बीबीसीले सूची सार्वजनिक गर्दै कुपोषणले बालबालिकामा हुने मृत्यु घटाउन शर्माले काम गर्दै आएको उल्लेख गरेको छ ।

२७ वर्षिया शर्मााले सोसल चेन्जमेकर्स एन्ड इनोभटस(सोचाई) नामक संस्था स्थापना पोषण सुधारका कार्यक्रमहरु सञ्चालन गर्दै आउनुभएको छ । संस्थाले भोकमरी र कुपोषण अन्त्य गर्ने लक्ष्य राखेको छ । शिक्षा र सामाजिक उद्यमशीलतामार्फत् पोषण र स्वास्थ्य सुधारमा केन्द्रित भएका कार्यक्रमहरु सञ्चालन गर्ने गरेको छ । शर्मा भन्नुहुन्छ, “‘पोषण र महिनावारी माला’ ल्याएर सुरु गरेको जागरणबाट एक हजार पाँचसय जना आमा र तीन हजार किशोर किशोरी प्रत्यक्ष लाभान्वित भएका छन् ।” सोचाइले आफ्नो स्वयंसेवकसँगै स्वास्थ्य केन्द्रमा कार्यरत तीनसय जना महिला स्वयंसेवीलाई पनि जोडेको छ ।

हातमा बाँध्न सकिने पोषण मालामा २१ वटा दानाहरु रहेका छन् । विभिन्न संख्या लेखिएको मालाका दानाले बच्चाको उमेर र दानाको रङले खानेकुरा जनाउँछ । दानाले कुन उमेरमा बालबालिकालाई कस्तो खाना खुवाउने सुत्केरी आमालाई सरल बनाउँछ ।

शर्मा भन्नुहुन्छ, “पोषणमाला गर्भवती र सुत्केरी महिलालाई दिन्छौं र महिनावारी माला किशोरीलाई दिन्छौं ।”

यसअघि पनि उहाँ विभिन्न पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । वर्ष २०१६ मा “एशिया प्यासिफिक युथ इनोभेशन च्यालेन्ज” बाट पुरस्कृत भएपछि समूहमा मात्रै सिमित रहेको आफ्नो अभियानलाई संस्थागत् रुप दिन पुगेको बताउनुहुन्छ । शर्मा, मई २०१९ मा ‘लिड २०३० च्यालेन्ज’बाट पचास हजार अमेरिकी डलरबाट पुरस्कृत हुनुभएकाे थियाे । उहाँलाई महिला शिक्षाका लागि यूनेस्कोको मलाला कोषले पनि सहयोग गरेको छ ।

बीबीसीसँगकाे अन्तवार्तामा शर्माले भन्नुभएको छ, “स्वास्थ्य, शिक्षा र पोषणमा असमान पहुँचले व्यक्तिहमा भारी मात्रामा नकारात्मक प्रभाव परेको छ, र परिवर्तनका लागि थुप्रै महिला र केटी लागेका छन् । र मैले विश्वास गरेको छु – प्रत्येक महिला र बालिकाले विभेदरहित तवरले पूर्ण सक्षम जीवन बाँच्न पाउनेछन् । भविष्यमा महिलाको नेतृत्वमा विश्वको सामाजिक आर्थिक रुपान्तरण हुँदैछन् ।”

शर्मा भन्नुहुन्छ, “विश्वकै शक्तिशाली महिलाहररूको समूहमा परेपछि हाम्रो अभियान ‘ग्लोबली रिकोग्नाइज्ड’ भएको छ, अागामी दिनमा अभियान सञ्चालनमा अझै सहज र सहयोग पुग्नेछ ।”

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter