• Friday, May 02, 2025

राष्ट्रसेवकले जागिरे मानसिकताबाट माथि उठेर काम गर्नुपर्छ :मन्त्री अर्याल

पोखरा, मङ्सिर २१ गते । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले कर्मचारीको कुशलता कार्यालयको मूलद्वारदेखि नै झल्किनुपर्ने बताउनुभएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभाग, भूमि व्यवस्थापन तथा अभिलेख विभागद्वारा आज यहाँ आयोजित आर्थिक वर्ष २०७५। ७६ को वार्षिक प्रगति समीक्षा गोष्ठीमा कर्मचारीलाई निर्देशन दिँदै उहाँले आप्mनो व्यवस्थापकीय क्षमता कार्यालय प्रवेशसँगै झल्किने गरी काम गर्न आग्रह गर्नुभयो ।

राष्ट्रसेवक कर्मचारीले जागिरे मानसिकताबाट माथि उठेर काम गर्नुपर्नेमा जोड दिँदै मन्त्री अर्यालले उच्च मनस्थिति र सेवा भावनाका साथ कार्य क्षेत्रमा लाग्न अनुरोध गर्नुभयो । मन्त्रालयले पहिलोपटक राष्ट्रिय भूमि नीति निर्माण गरेको बताउँदै उहाँले त्यसका आधारमा सरकारले अब एकीकृत भूमि ऐन बनाउने तयारी गरिरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणका सचिव सूर्यप्रसाद गौतमले कर्मचारीले जनतालाई सर्वसुलभ तरिकाले सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । विभागका महानिर्देशक कृष्णप्रसाद ज्ञवाली, नापी विभागका महानिर्देशक प्रकाश जोशी, गुठी प्रशासक नारायण चौधरी, कास्की जिल्लाका प्रजिअ रमेशकुमार केसीले आधुनिक प्रविधियुक्त सेवालाई प्रभावकारी बनाइँदै लगिएको जानकारी दिनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter