नागरिक उड्डयनकाे क्षेत्रलाई सुरक्षित बनाउन शून्य सहनशिलताको नीति : मन्त्री भट्टराई

काठमाडौँ, मङ्सिर २१ गते ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नागरिक उड्डयनको क्षेत्रलाई सुरक्षित र भरपर्दो बनाउन सरकारले शुन्य सहनशिलताको नीति लिएको बताएका छन् ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसका आवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले नेपालको नागरिक उड्डयनको क्षेत्रमा दिइने सेवा, सुविधा र सुरक्षा अन्तर्राष्ट्रिय स्तरसम्म पुगेकोले यसको सुधारका लागि सरकार प्रतिवद्ध रहेको बताएका हुन् । उनले आइकाओ लगायतका अन्तर्राष्ट्रिय संगठनहरुले उठाउने विषयहरु सुरक्षाको मामला, सेवा, अडिट तथा मूल्यांकनमा राम्रो सुधार गरिएको बताए ।

मन्त्री भट्टराईले उड्डयन क्षेत्रको सेवा, सुविधा तथा सुरक्षामा कुनै कमी आउन नदिने प्रतिवद्धता सबै उड्डयन कम्पनी तथा कर्मचारीले गर्नुपर्ने समेत बताए । उनले नागरिक उड्डयान सम्बन्धी सेवा र सुरक्षाको लागि सरकारले कुनै सम्झौता नगर्ने भन्दै अभियानमा साथ दिन सबै पक्षलाई आग्रह गरे ।

उनले सबैपक्षको सहयोग र प्रतिवद्धता भए नेपालमा दशकौंदेखि कुनैपनि दुर्घटना भएका छैन भन्ने स्थिति बनाउन सकिने समेत बताए । तर अझैपनि यात्रुको सेवामा उड्डयन कम्पनीहरुले शुल्कको आधारमा सेवा तथा सुरक्षा दिदै आएको बताउँदै त्यसमा सुधार गर्नुपर्ने बताए ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter