• Sunday, May 18, 2025

मानव विकास सूचाङ्कमा नेपाल २ स्थान माथि उक्लियो


काठमाडौँ, मङ्सिर २४ गते । मानव विकास सूचाङ्कमा उत्कृष्ट प्रदर्शनका साथ नेपाल दुई स्थान माथि उक्लिएको छ। संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) को रिपोर्ट अनुसार, अघिल्लो वर्ष १४९ औँ स्थानमा रहेको नेपालले दुई स्थान सुधार गर्दै सन् २०१९ मा १४७ स्थानमा पुगेको हो।

कूल १८९ देशको सूचीमा नेपाल ०.५७९ अंकका सााथ १४७ औँ स्थानमा कायम भएको छ ।

दक्षिण एशियाको समग्र भ्यालू ०.६४२ रहेको छ। रिपोर्टका अनुसार पछिल्लो तीन दशकमा तीव्र विकासका कारण गरिबीमा कमी आएको हो। १९९० देखि २०१८ को बीचमा दक्षिण एशियामा ४६ प्रतिशत विकास भएको छ।

मानव विकास सूचकांकमा दक्षिण एशियाली देहशहरुमध्ये माल्दिभ्स सबैभन्दा अगाडि रहेको छ। यस सूचीमा माल्दिभ्स १०४ औँ स्थानमा, भारत १२९ औँ स्थानमा, भुटान १३४ औँ स्थानमा, बंगलादेश १३५ औँ स्थानमा, पाकिस्तान १५२ औँ स्थानमा, अफगानिस्तान १० औँ स्थानमा रहेको छ।

मानव विकास सूचकांकको सूचीमा शीर्ष स्थानमा नर्वे रहेको छ। यसैगरी स्वीट्जरल्याण्ड दोस्रो, आयरल्याण्ड तेस्रो, जर्मनी चौँथो र हङकङ पाँचौँ स्थानमा रहेका छन्।

मानव विकास सूचाङ्क के हो ?

मानव विकास सूचाङ्क मानवको जीवन अपेक्षा, शिक्षा र आय सूचकांकलाई प्रयोग गरेर कुनै पनि देशको मानव विकास को समग्र तथ्यांकले निकाल्ने गरिन्छ ।

मानव विकास सूचाङ्कलाई सन् १९९० मा पाकिस्तानी अर्थशास्त्री महबुब उल हक र भारतीय अर्थशास्त्री अमर्त्यसेन द्वारा सिर्जना गरिएको थियो र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रममा प्रकाशित भएको थियो।

सन् २०१० मा मानव विकास प्रतिवेदनमा असमान-समायोजित मानव विकास सूचाङ्कलाई सुरु गरियो। सरल मानव विकास सूचाङ्क पनि उपयोगी रहेको छ, तर मानव विकास सूचाङ्कको उपयोगले (असमानताको लागि लेखांकन) मानव विकासको वास्तविक तह र क्षमता मानव विकास सूचाङ्क निकाल्न सकिन्छ ।

मानव विकास सूचाङ्कक निरपेक्ष नभई सापेक्ष हुन्छ। यो सूचाङ्ककको गणना गर्दा मुख्य तीन सूचकहरु औसत आयु, साक्षरता र प्रति व्यक्ति आयलाई समावेश गरिन्छ।

स्वास्थ्यको बारेमा सबै किसिमका सूचनाहरु समेट्न कठिन हुने हुदा स्वास्थ्यको सांराशको रुपमा प्रत्याशित आयुलाई समावेश गरिन्छ। शिक्षाको सरल सारांश नापको रुपमा औसत साक्षरता दर र स्कूल भर्ना दरको औसतलाई समावेश गरिन्छ।

जीवन यापन स्तरको नाप गर्न प्रति व्यक्ति कुल गार्हस्थ्य उत्पादनबाट उपलब्ध औसत क्रयशक्तिको आधारमा प्रति व्यक्ति आय गणना गरी समावेश गरिन्छ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter