तीनमहिने ट्राफिक उज्यालो अभियान : एक लाखलाई सचेतना

काठमाडौँ, पुस १ गते । काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज तुुल्याउन र दुर्घटना न्यूूनीकरण गर्न सडक प्रयोगकर्ता, पैदलयात्री, चालक÷सहचालक र कलेजका विद्यार्थीलाई लक्ष्य गरी तीनमहिने ट्राफिक उज्यालो अभियान आजदेखि शुरु गरिएको छ ।

ट्राफिक सचेतना अवधारणालाई नागरिकसम्म पुु¥याउने, सडक अनुशासनको विषयलाई संस्कारका रुपमा विकास गर्ने, सडक प्रयोगकर्तासँगको सम्बन्ध, सहयोग र सहकार्य बढाउने, सडक दुर्घटना न्यूनीकरण गर्ने तथा ट्राफिक व्यवस्थापनमा सुधार ल्याउने उद्देश्यले महानगरीय ट्राफिक प्रहरी महाशाखाले यो अभियान शुुरु गरेको हो ।

ट्राफिक नियमको व्यावहारिक प्रयोग, लेन अनुशासन, मर्यादित सवारी हँकाइ, कानूूनलाई आत्मसात् गर्ने प्रवृत्तिलाई प्राथमिकतामा राखी सडकमा हुने लापरवाहीलाई न्यूनीकरण गर्न अभियान सफल हुने महाशाखाले विश्वास लिएको छ ।

अभियानका क्रममा समुुदाय प्रहरी साझेदारीसँग समन्वय गरी पर्चा पम्प्लेट, स्टिकर वितरण र श्रव्यदृष्य प्रदर्शनी ट्राफिक नियमबारे सचेतना दिने, सरकारी, सार्वजनिक भाडा र निजी क्षेत्रका चालकलाई पायक पर्ने ठाउँमा सचेतना कक्ष लिने र स्कूल÷कलेजका विद्यार्थीलाई विद्यालयमै गएर कक्षा लिने विधि बनाइएको छ ।

महाशाखा र माताहतका ४० एकाइबाट लक्षित समूह पहिचान गरी सञ्चालन गरिने उक्त अभियानमा अधिकृतसहित १३० ट्राफिक प्रहरीको जनशक्ति परिचालन हुनेछ । पुस, माघ र फागुन महिनासम्म सञ्चालन हुने अभियानका क्रममा एक लाख नागरिकलाई सचेतना दिइने छ ।

त्यसक्रममा कम्तीमा सार्वजनिक भाडाका सवारी चालक र सहचालक ३० हजार, निजी सवारी चालक १५ हजार सरकारी चालक ५ हजार, पैदलयात्री २० हजार र विद्यार्थीलाई सवारी सडक अनुशासनबारे प्रशिक्षित तुुल्याइने महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुुभयो ।

अभियानको शुुभारम्म गर्दै महानगरीय प्रहरी कार्यालयका प्रमुुख शैलेन्द्र थापाले मुुलुकमा सवारी दुुर्घटनाबाट वार्षिकरुपमा २ हजारको सङ्ख्यामा नागरिकले अकालमा ज्यान गुुमाउन परिरहेको बताउँदै सडक सुरक्षा न्यूूनीकरणका लागि तय गरिएको १२ विभिन्न कार्यक्रममध्ये उज्यालो कार्यक्रम एक भएको जानकारी दिनुुभयो ।

नियम उल्लङ्घन गर्नेबाटै सुरक्षामा खटिएकालाई अपशब्द बोल्ने तथा ट्राफिक नियमबारे थाहा नपाएका गाउँलेभन्दा पढेलेखेका शहरियाबाटै सडक अनुशासन उल्लङ्घनका घटना बढी हुँदै आएको बताइएको छ । चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा काठमाडौँ उपत्यकामा सवारी दुुर्घटनामा परी ७६ जनाको ज्यान गएको छ ।

सडक लेन अनुुशासनको पालना नगर्ने, नागबेली पारेर सवारीसाधन कुुदाउने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने, मोबाइलमा कुरा गरेर सवारी दौडाउने र तीव्रगतिमा मोटर साइकल हाँक्ने नै बढी दुर्घटनामा पर्ने गरेको अध्ययनले देखाएको छ ।

सो अवसरमा उच्च शिक्षालय सङ्घका कावा अध्यक्ष युुवराज शर्मा, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला, अखिल नेपाल मजदूर सङ्घका अध्यक्ष सोम तामाङलगायतले महाशाखाको सचेतना अभियानलाई सम्पूर्ण ढङ्गबाट सहयोग पुु¥याइने प्रतिबद्धता जनाउनुुभयो ।

काठमाडौँ उपत्यकाका विभिन्न चोकको दृश्य हेर्न प्रयोग भइरहेको आकाशे पुललाई यात्रुुले प्रयोग गर्ने वातावरण मिलाउन तथा उपत्यकाभित्रका खोलाका कोरिडोरलाई तत्काल सुुधार गर्न सकिए यातायातको चाप व्यवस्थापन र दुुर्घटनामा न्यूनीकरण आउने उहाँहरुले बताउनुुभयो । सो अवसरमा नायब महानिरीक्षक थापाले महाशाखा मातहतका एकाइ प्रमुखलाई अभियानका सम्बन्धमा तयार पारिएको व्यानर हस्तान्तरण गरी कार्यक्रम शुुरु भएको घोषणा गर्नुुभएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter