सुुन्तला बेचेरै वार्षिक ४० लाख कमाई

प्रतीक इच्छुक शर्मा / सल्यान, पुस ४ गते । वागचौर नगरपालिका ९ को डाँगीगाउँ पश्चिमतिर फर्किएको पाखो । चिटिक्क सजिएको घर छेउमा सुधारिएको गरामा लहरै रहेका सुन्तला बारी । सुन्तला पाकेर पहेँलै देखिन्छ । प्लाष्टिक ओढाएको नर्सरी । नर्सरीमा रहेका लाखौ कागती र सुन्तलाका बेर्ना । यो दृश्य नेपाल कम्युनिष्ट पार्टीका कर्णाली प्रदेशका सदस्य लोकबहादुर डाँगीको वगेश्वरी वहुउदेश्यीय कृषि र्फमको हो ।

२०४६ साल नेकपा मालेको सदस्यता लिएर राजनीति सुरु गरेका डाँगी २०५५मा तत्कालिन जिल्ला विकास समितिको सदस्य , नेकपा जिल्ला कमिटि सचिव नेकपा एमालेका जिल्ला अध्यक्षको रुपमा दुई कार्यकाल अध्यक्ष र राप्ती अञ्चल कमिटि सदस्य जीम्मेवारी समेत लिई सक्नु भएको छ । राजनीतिक रुपमा जनता र समाज सेवा लिएर राजनीति सुरु गरेका डाँगी फेरि कृषिमै फर्कनु भएको छ ।डाँगीले विगत नौ वर्षदेखि राजनीतिसँगै व्यवसायिक फलफुल खेती गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो राजनीति समाज सेवा हो । पेशा होईन । जिविको पार्जन गर्न विगत तीन वर्ष यता धेरै समय कृषि क्षेत्रमा दिएको छु ।

बागचौर नगरपालिका वडा न ९ खोरबारेमा डाँगीले १६ रोपनी क्षेत्रफलमा व्यवसायिक सुन्तला खेतीसँगै नर्सरी व्यवसाय सञ्चालन गर्नु भएको छ । राजनीति समाजीक सेवा हो । पूर्णकालिन राजनीतिले जीवन यापन गर्न गाह्रो छ । ।

जिविकोपार्जनका लागि कृषि पेशा उपयुक्त देखेर कृषिमै फकिएको छु । उहाले भन्नुभयो पहिले जस्तो धेरै समय राजनीतिलाई दिनु पर्ने अवस्था छैन । पार्टीका काम पर्दा समय दिन्छु । तर आजभोलि खेतवारीमा समय दिन आनन्द आउँछ ।

राजनीतिमा लागेकाले समाजमा उदाहरणीय शिक्षा दिनु पर्दछ । तर राजनीति अहिले विकृत वन्दै गएको छ डाँगीले भन्नुभयो विचारमा प्रतीवद्ध,ईमान्दार, मेहनती र सोझा कार्यकता भन्दा चाकडी ,चाप्लुसी र पैसावाललाई नेताहरुले स्थान दिने प्रवृतिम ौलाउदै गएको छ ।

कृषिवाट ४५ लाख कमाई

१६ रोपनी वारीमा ६ सय ५५ सुन्तलाका वोट रहेका छन् । ति मध्य विगत ४ सयबोटबाट उत्पादन सुरु गरेका छन् । वारीमा लगाएका वोट अरु वोट पूर्ण अर्को वर्षवाट उत्पादन दिने छन । यो वर्ष मात्र १७५ क्विन्टल सुन्तोला उित्पादन भएको छ । सुन्तला विक्री गरेरै यो वर्ष १५ लाख कमाई गर्ने डाँगीले जानकारी दिनुभयो । उहाका अनुसार वारीवाटै ब्यापारीले ६५ रुपैयाँ प्रति किलो सुन्तला किनेरै लैजाने गरेका छन् ।

नर्सरीमा सुन्तला र कागतीका एक लाख ५ हजार वेर्ना उत्पादन गरिएको छ । नर्सरीवाटै अघिल्नो वर्ष प्रति विरुवा २० रुपैयाका दरले वेर्ना विक्रि गरिएको हो । यो वर्ष करिव २० लाख रुपैयाँ आम्दानी गर्ने योजना रहेको छ डाँगीले भन्नुभयो २०६७ यता वगैचा ब्यवस्थापन लगायतका कार्यमा ३५ लाखभन्दा बढी खर्च गरिसकेको जानकारी दिनु भयो ।

उहाँका अनुसार सुन्तलाले अझै उत्पादन दिन सुरु गरेका छैनन । सुन्तलाको राम्रो उत्पादन भए आउँदो वर्षमै ४० लाख रुपैयाँ आम्दानी गर्ने अपेक्षा छ । ‘यस वर्ष सुन्तला विक्री १५ लाख र करिव २५ लाख गरी ४० लाख रुपैयाँ आम्दानी हुने छ । आधा सुन्तला विक्रि भैसककेको छ भने वाँकी ठेकेदारले वोटमै सुन्तला किनि सकेका छन् ।

कागती र सुन्तला वेर्नाको माग धेरै छ

वागचौर नगरपालिका ८ र ९ मा रहेका नर्सरीमा उत्पादित कागती र सुन्तलाका वेर्नाको माग धेरै हुने गरेको छ । अघिल्नो कोटमौला डाँगीगाउँमा ७ वटा नर्सरी भए पनि वेर्ना पु¥याउन सकिएको थिएन । डाँगीले भन्नुभयो अघिल्लो वर्ष ५० हजार वेर्ना विक्री गरेको हुँ । यो वर्ष एक लाख १५ हजार वेर्ना तयार भएका छन् । उहाँका अनुसार जिल्ला भित्र र वाहिर रुकुम, रोल्पा, गुल्मी, प्यूठान, दैलेख लगायत जिल्लामा वेर्ना गइरहेको छ ।

गाउँमै रोजगारी

व्यवसायिक सुन्तला र नर्सरी पेशाले चार जनालाई रोजगारी मिलेको छ । घरका चार जनालाई स्वरोजगार कृषि ब्यवसायले दिएका छन भने दुई जनाले रोजगारी पाएका छन् । बेरोजगारीका लागि विभिन्न स्थानमा भौतारि रहेको समयमा घरका सदस्यलाई आफ्नै बारीमा स्वरोजगारी भएको छ । दुई जना गाउँकै यूवाले रोजगारी पाएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter