• Friday, May 02, 2025

नेपालकाे आँखा अस्पताल जहाँ ६० प्रतिशत भारतीयले उपचार गराउँछन्

सिराजुद्दिन खान / नेपालगञ्ज, पुस ७ गते । नेपालबाट उपचार गराउन भारत जानेको संख्या दैनिक रुपमा बढिरेहको छ । तर आँखा चेकजाँच गराउन भारतबाट लाखौं बिरामी नेपालगञ्ज आउने गरेका छन् ।

नेपालगञ्जस्थित फत्तेबाल आँखा अस्पतालले स्थापना भएको ३३ बर्षको अवधीमा २२ लाख आँखाका बिरामीहरुको उपचार गरेको जनाएको छ । त्यसमा भारतीय नागरिकको संख्या ६० प्रतिशत रहेको छ । अस्पताल स्थापनादेखि अहिलेसम्म १३ लाख भारतीय नागरिकले आँखाको उपचार नेपालगञ्जको फत्तेबाल आँखा अस्पतालमा गराएका हुन् ।

२०४३ सालमा स्थापना भएको सो अस्पतालले २१ लाख ९२ हजार बिरामीको उपचार गरेको अस्पतालका प्रबन्धक डा. कौशलकुमार बर्माले बताउनुभयो । उहाँका अनुसार ३३ बर्षका अवधिमा सो अस्पतालबाट आँखाको उपचार गराउने बिरामीहरु मध्ये ६० प्रतिशत भारतीय बिरामीहरु रहेको जनाउँदै उहाँले अन्य रोगका बिरामी भारत जाने चलन भएपनि आँखाका अधिकांश बिरामी भारतबाट यहाँ आउने गरेको बताउनुभयो ।

डा. बर्माका अनुसार अस्पतालले बार्षिक डेढ लाखबढी आँखाका विरामीको उपचार गर्दै आएको छ । सो अस्पतालमा बार्षिक एक लाखभन्दा धेरै भारतीय बिरामीले सेवा लिने गरेका छन् । अस्पतालमा आउने बिरामीहरुमा अधिकांश भारतीय रहने गरेका छन् भने अस्पतालले तराईका विभिन्न जिल्लाका गाउँ–गाउँमा गएर आँखा शिविर सञ्चालन गर्न थालेपछि नेपाली बिरामीको पनि संख्यामा पछिल्लो समय उल्लेख्य बृद्धि भएको छ ।

२०४३ सालमा कप्तान फत्तेजंग शाहले प्रदान गरेको घरजग्गामा १० शैप्याबाट अस्पतालले सेवाको शुरुवात गरेको थियो । स्थापनाको ३३ बर्षपछि अस्पतालमा २ सय ५० शैप्यामा संचालन भएको छ ।

अस्पतालले विभिन्न जिल्लामा छ वटा आँखा उपचार केन्द्रबाट सेवा विस्तार गरेको छ । स्थापना भएको पहिलो वर्ष नै अस्पतालले चार हजार ५६९ जना विरामीको उपचार गरेको थियो । त्यो संख्या आर्थिक बर्ष ०७५/०७६ एक लाख ४५ हजार ९३० जनालाई पुगेको छ ।

अस्पतालले सुरुका दिनहरुमा दातृ निकायको सहयोगमा सञ्चालन गरिएको सो अस्पताल गत १८ वर्षदेखि दातृ निकायको अनुदान बिनानै चलिरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रतनकुमार टण्डनले बताउनुभयो ।

बिरामीको चाप बढ्दै गएपनि अस्पतालले सेवामा निरन्तर सुधार, बिस्तार, आधुनिकीकरण र विविधिकरण गर्दै लगेको उहाँले जनाउनुभयो ।

अस्पतालले यस वर्ष आँखाको पर्दा एक्सरे, शल्यक्रियालाई भिडियो रेकर्ड गर्न माइक्रोस्कोपमा भिडियो रेकर्डर, पैथोलोजीका लागि आधुनिक माइक्रोस्कोपजस्ता उपकरणहरु जडान गर्नुका साथै आधुनिक फेको प्रविधिबाट गुणस्तरीय मोतियाविन्दु अप्रेशन समेत शुरु गरेको छ ।

नेपालमा अझै पर्याप्त दक्ष र अनुभवी नेत्र विशेषज्ञको अभाव रहेकाले यस अस्पतालमा पनि केही विशेषज्ञ चिकित्सकहरुको अभाव रहेको अस्पतालका प्रबन्धक डा. बर्माले बताउनुभयो ।

विशेषज्ञ विभागहरुका लागि आधुनिक महंगा उपकरणहरुको आफ्नै आयस्रोतबाट व्यवस्थापन गर्नु चुनौतीपूर्ण रहेको जनाउँदै उहाँले अस्पतालको खर्च निरन्तर बढिरहेको र अनुदानसमेत रोकिएकाले चुनौती बढ्दै गएको बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter