• Wednesday, April 30, 2025

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्धको मुर्ति स्थापना

काठमाडौं, पुस १९ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार बुद्धको मुर्ति स्थापना गरिएको छ । सरकारले विमानस्थललाई बुटिक एयरपोर्टको रुपमा विकास गर्ने योजना अनुसार एयरपोर्ट भित्र बुद्धको मुर्ति स्थापना गरेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराइले मुर्तिको अनावरण गरेका छन् । भ्रमण वर्ष २०२० को शिलशिलामा विमानस्थललाई बुटिक एयरपोर्ट बनाई नेपालको संस्कृति, र मौलिकता झल्कने खालका विभिन्न वस्तुहरु विमानस्थलमा राखिएका छन् । सोही अनुसार नै एयरपोर्टमा जहाजबाट झरेपछि बाहिर निस्कने बाटोमा देखिनेगरी बुद्धको मुर्ति स्थापित गरिएको मन्त्री भट्टराईले जानकारी दिए ।

गत वर्षदेखि नै बुटिक एयरपोर्टको काम सुरु भइसकेको थियो । एयरपोर्टमा एकसिंगे गैंडा, रेडपाण्डा, गणेश, मयुर, डाँफे लगायतका मुर्तिहरु राखिएका छन् । अझैपनि बुटिक एयरपोर्टको निर्माणका काम सम्पन्न भइनसकेको नागरिक उडड्यन प्राधिकरणका महाप्रवन्धक राजन पोखरेलले जानकारी दिए । उनले अझै नेपाली कलात्मक तथा मौलिकता झल्कने खालका कामहरु गर्न बाँकी रहेको बताए ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter