विकास सहायतासँग बन्दुक जोडियर आउँदैनः परराष्ट्रमन्त्री

गुल्मी, पुस २९ गते । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल असंलग्न सिद्धान्तप्रति प्रतिबद्ध रहेका कारण कुनै पनि विदेशी सैन्य गठबन्धनमा सम्मिलित नहुने बताउनुभएको छ । दोस्रो रुरु महोत्सवको आज यहाँ उद्घाटन गर्दै मन्त्री ज्ञवालीले कुनै पनि देशको विकास सहायतासँग बन्दूक जोडिएर नआउने भएकाले विकास सहायता सबै देशबाट लिने सरकारको नीति रहेको स्पष्ट गर्नुभयो ।

मन्त्री ज्ञवालीले विकास सहायतालाई अनावश्यक रुपमा उचालेर मित्रराष्ट्रसँगको सम्बन्धलाई धमिलो बनाउने काम कोही कसैले पनि गर्न नहुने पनि बताउनुभयो । ‘रुरु महोत्सव गौरव हो हाम्रो, संवद्र्धन गरौंँ धर्म र संस्कृतिको राम्रो’ भन्ने नाराका साथ गुल्मी उद्योग वाणिज्य सङ्घ रिडी र रुरु फ्रेण्डस क्लबको संयुक्त आयोजनामा यही पुस २९ देखि माघ ९ गतेसम्म गुल्मीको रुरुक्षेत्र गाउँपालिका, रिडीमा सो महोत्सव चल्ने छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Kami Rita scales Everest 25 times; Tourism Ministry appeals not to disseminate fake information

Humla section of Karnali Corridor built in timeframe

Nepal’s Kushal Bhurtel nominated for ICC Men’s Player of the month award

Nepal climbs a notch up in T-20 ranking and ranked 13th

US pledges $8.5 million to Nepal to fight against COVID-19 pandemic




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter