अन्तःशुल्क अधिकृतको अधिकार क्षेत्र तोकियो

दीपक श्रेष्ठ / काठमाडौँ, फागुन २२ गते । अर्थ तथा सञ्चार मन्त्री डा.युवराज खतिवडाले कोभिड–१९ (कोरोना भाइरस) को सङ्क्रमण रोक्न विदेशी प्रवेश गर्ने मुख्य मार्ग र सिमानामा कडा सुरक्षा जाँच सुरु गरिएको बताउनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.खतिवडाले मुलुकभित्र कोभिड–१९ सङ्क्रमण अहिलेसम्म नदेखिएको चर्चा गर्दै कोरोनाबारे भय र त्रास होइन सतर्कता र सजगता अपनाउनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “त्रसित हुने होइन सजग र सतर्क रहने हो । कोरोना भाइरस सम्भाव्य चुनौती हो, त्यसबारे नागरिकमा सजगताका लागि सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुन्छ ।”

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्ेमलनमा मन्त्री डा.खतिवडाले भन्नुभयो, “मुलुक बाहिरबाट हुन सक्ने सङ्क्रमण नियन्त्रणमा ध्यान केन्द्रित भएको छ । कोभिड–१९ बाट बढि सङ्क्रमित राष्ट्रबाट आउने मानिसलाई हामीले निगरानीमा राखेका छौं ।” उहाँले विदेशी प्रवेश गर्ने मुख्य छ वटा मार्गमा सुरक्षाका सम्पूर्ण प्रवन्ध गरिएको समेत बताउनुभयो । उहाँले नेपाल–भारत सिमानाका ३७ वटा नाकामा स्वास्थ्यकर्मी खटाएर निगरानी राख्ने काम थालिएको र अन्य थप नाकामा पनि क्रमशः स्वास्थ्य सुरक्षा सजगता अपनाइने बताउनुभयो । उहाँले सुरक्षित मुद्रण खरिदका विषयमा सञ्चारकर्मीले सोधिएको प्रश्नमा प्रचलित कानुनभित्र रहेर खुला प्रतिस्पर्धाबाट खरिद हुनुपर्ने मान्यता आफ्नो रहेको प्रष्ट पार्नुभयो ।

उहाँले यो प्राविधिक, आन्तरिक क्षमता र सुरक्षाका हिसावले संवेदनशील विषय समेत भएकाले त्यसको समेत ख्याल गरेर प्रक्रिया अगाडि बढ्ने बताउनुभयो । अर्थतन्त्रमा कोभिड–१९ असर अर्थमन्त्री डा. खतिवडाले कोभिड–१९ ले नेपाली अर्थतन्त्रमा पार्नसक्ने असरको विषयमा अध्ययन थालिएको बताउनुभयो । नेपाली अर्थतन्त्रमा कोभिड–१९ को असर आङ्कलन गरिएको छ ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा सञ्चार मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका अर्थ मन्त्री डा.खतिवडाले भन्नुभयो, “अर्थ मन्त्रालयले एउटा समुह नै बनाएर आर्थिक असर हेर्न थालेका छौं । नेपाल राष्ट्र बैंकले पनि यसमा थप अध्ययन गरिरहेको छ ।” उहाँले कोरोना समस्या विश्वव्यापी रुपमा कसरी समाधान हुँदैजान्छ त्यहीअनुसार भ्रमण वर्षलाई अगाडि बढाइने समेत बताउनुभयो । पूँजीबजारमा ‘सेन्टिमेन्ट’ अर्थमन्त्री डा.खतिवडाले दुई हप्ता यताको पूँजीबजारको उतार चढावलाई ‘बजारको सेन्टिमेन्ट’ भएको प्रतिक्रिया दिनुभयो ।

सञ्चारकर्मीले ‘तपाईको राजीनामा र पुनःनियुक्तिले पूँजीबजारमा ठूलो हलचल आयो नि ?’ भन्ने प्रश्नमा अर्थमन्त्री डा.खतिवडाले ‘त्यो बजारको सेन्टिमेन्ट मात्र हो’ भन्नुभयो । उहाँले लगानीकर्तालाई लगानी गर्ने अवसरसम्म पुर्याउने काम सरकारको भएको चर्चा गर्दै भन्नुभयो, “पूँजीबजारमा नीतिगत समस्या छन् भने बसेर छलफल गर्न सकिन्छ । यद्यपि, बजारको सेन्टिमेन्ट भनेको बजारकै सेन्टिमेन्ट हो, त्यसलाई हामी कसैसँग जोडेर हेर्न मिल्दैन ।” उहाँले लगानी गर्ने कम्पनीको आर्थिक अवस्थाको अध्ययन गरेर मात्रै लगानीकर्ताले निर्णय गर्नुपर्नेमा जोड दिदै भन्नुभयो, “नीति, प्रणाली ठीक हुने, कम्पनीको क्षमता र स्वास्थ्य राम्रो हुने अनि भाउ तलमाथि हुने भनेको बजारको सेन्टिमेन्ट हो ।” उहाँले दुई वर्षमा पूँजी बजारमा धेरै सुधार भएको चर्चा गर्दै भन्नुभयो, “नीति नियम बनाउने, कर प्रणालीमा सुधार गर्ने, अनलाइन टे«डिङ, कारोबारलाई छिटो समयमा राफसाफ गर्नेलगायत धेरै सुधार पूँजीबजारमा भएको छ ।” कोभिड–१९ मा मन्त्रालयको तयारी कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक तयारी गरिरहेको जनाइएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले मुलुकभित्र कोभिड–१९ सङ्क्रमण नदेखिएको तर मुलुक बाहिरबाट हुन सक्ने सङ्क्रमण नियन्त्रणमा ध्यान केन्द्रित गरिएको बताउनुभयो । उहाँले नेपालमा कोरोना भित्रिन कसरी रोक्ने र कसैगरी सङ्क्रमण फैलिहालेको अवस्थामा व्यवस्थापन र उपचार कसरी गर्ने ? भन्ने विषयमा मन्त्रालयले तयारी गरिरहेको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय मापदण्डअनुसारको थर्मल स्क्यान गर्ने, रुघाखोकी र ज्वरोलाई प्रमुख लक्ष्यण मानेर कोरोनाको पहिचान गर्नेलगायत कार्यविधि समेत बनाइएको जानकारी दिनुभयो । उहाँले भारतले रोकेका १३ वटा औषधिको मौज्दाद पर्याप्त रहेकाले केही समस्या नहुने भन्दै औषधि खुलाउन आग्रह गर्ने निर्णयसमेत उच्चस्तरीय समन्वय समितिमा भएको बताउनुभयो । उहाँले बजारमा कृतिम अभाव हुन नदिन अनुगमन गर्ने, मास्कको आपूर्ति र उत्पादन बढाउने विषयमा समेत छलफल भएको जानकारी दिनुभयो ।

उहाँले सङ्क्रमणको विकास कसरी हुन्छ त्यसरी नै स्वास्थ्य मन्त्रालयले कदम चाल्दै जाने जानकारी दिनुभयो । नियुक्ति मन्त्रिपरिषद् बैठकले .कलकत्तास्थित नेपाली महावाणिज्यदूतमा ईश्वरराज पौडेललाई नियुक्ति गर्ने निर्णय गरेको छ । यस्तै, सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको रिक्त अध्यक्षमा राजेन्द्रवहादुर अर्याललाई २ वर्षको लागि नियुक्त गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । यस्तै, सरकारले जनवादी गणतन्त्र चीनका लागि नेपालका आवासीय राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाउनुका साथै राजदूतमा महेन्द्र बहादुर पाण्डेलाई राजदूत नियुक्ति गरेको जनाइएको छ । स्वीकृत बैठकले नेपालका निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनका लागि इजाजत प्रदान गर्ने सम्बन्धी कार्यविधि (पहिलो संशोधन), २०७६ स्वीकृत गरेको छ ।

२०76 साल फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू

१. आन्तरिक राजस्व विभाग अन्तर्गतका कार्यालयहरूको कार्यक्षेत्र तथा अन्त:शुल्क अधिकृतको अधिकार क्षेत्र तोक्ने ।

२.  Department of Food Technology and Quality Control (DFTQC), Nepal र Bangladesh Standards and Testing Institution (BSTI), Bangladesh बीच हुने समझदारी पत्रमा नेपालको तर्फबाट हस्ताक्षर गर्न विभागका महानिर्देशकलाई अख्तियारी प्रदान गर्ने।
 Trading Corporation of Bangladesh (TCB) र Salt Trading Corporation Limited (STC), Nepal बीच हुने समझदारीपत्रमा नेपालको तर्फबाट हस्ताक्षर गर्न STC का प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी प्रदान गर्ने ।
 नेपाल र बंगलादेशकाबीचमा Preferential Trading Agreement को भागको रूपमा रहने Product List (Request and Offer List) मा छलफल गर्ने वस्तुहरूको सूची तयार गर्न र सो सूची बंगलादेश पक्षलाई उपलब्ध गराउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्याललाई अख्तियारी प्रदान गर्ने ।

३. नेपाल गुणस्तर साधारण पोर्टल्याण्ड सिमेन्ट, ४३ ग्रेड र ५३ ग्रेडः विशिष्टिकरण अनिवार्य गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने। ।

४. कलकत्तास्थित नेपाली महावाणिज्यदूतमा ईश्वरराज पौडेललाई नियुक्ति गर्ने ।

५. जनवादी गणतन्त्र चीनका लागि नेपालका आवासीय राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाई महेन्द्र बहादुर पाण्डेलाई राजदूत नियुक्तिका लागि सिफारिस गर्ने ।

६. सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचवुझ आयोगका कानूनी सल्लाहकार श्री युवराज कोइरालाले दिनुभएको राजीनामा स्वीकृत गर्ने ।

७. चीन सरकारको सहयोगमा निर्माण हुने चक्रपथ विस्तार दोश्रो चरणको परियोजनाका लागि सडक विभाग, काठमाडौं चक्रपथ सुधार योजनाका योजना प्रमुखलाई प्रारम्भिक कारबाई चलाउने अधिकारी तोक्न स्वीकृति प्रदान गर्ने ।

८. सुपर मादी जलविद्युत आयोजनाको पावरहाउस, हेडवर्क्स, पेनस्टक र पहुँचमार्ग लगायतका संरचनाहरु निर्माण गर्नका लागि अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत पर्ने कास्की जिल्लाको मादी गाँउपालिका-२ मा रहेको कूलजम्मा ६.९५ हेक्टर सरकारी वन प्रयोग गर्न र रुखविरुवाहरु हटाउन समेत स्वीकृति दिने ।

९. नेपालका निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनका लागि इजाजत प्रदान गर्ने सम्बन्धी कार्यविधि (पहिलो संशोधन), २०७६ स्वीकृत गर्ने ।

१०. न्यूनतम पारिश्रमिक निर्धारण समितिको रिक्त अध्यक्ष मालिका गाउँपालिका ६, गुल्मीका श्री राजेन्द्रवहादुर अर्याललाई २ वर्षको लागि नियुक्त गर्ने ।

११. शहरी विकास मन्त्रालय अन्तर्गत आ.व. २०७६।७७ मा सञ्‍चालनमा रहेका आयोजनाहरुको लागि राजपत्रांकित पदका ५ (पाँच) वटा अस्थायी दरवन्दी स्वीकृत गर्ने । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter