• Sunday, May 18, 2025

कोरोनाको आशंकामा ४ सय ४१ को नमुना परिक्षण, सबै नेगेटिभ

काठमाडौँ, फागुन २६ गते । कोरोना भाइरसको आशंकामा नेपालमा हालसम्म गरिएका ४ सय ४१ नमुना परीक्षणको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले हालसम्म नेपालमा कोरोना भाइरस नदेखिएको बताए । ‘हालसम्म कोरोना भाइरस नेपालमा फैलिएको छैन्, तर सम्भावित जोखिमलाई मध्यनजर गर्दै यथोचित व्यवस्था गरिएको छ,’ उनले भने ।

अन्तर्राष्ट्रिय विमानस्थलमा थप जनशक्ति र उपकरणको व्यवस्था गरिएको उनले बताए । विमानस्थलबाट संक्रमण भित्रिन नदिन नियमित रुपमा औषधीसहितको स्प्रे गर्ने कार्य भइरहेको देवकोटाले जानकारी दिए ।

यसका साथै नेपालसँग सिमाना जोडिएका छिमेकी मुलकका ३६ नाकामा प्रदेश सरकार र स्थानीय तहको सहकार्यमा हेल्थ डेस्क स्थापना गरि नेपाल भित्रिने सम्पूर्णको स्वास्थ्य जाँच भइरहेको उनले बताए ।

देवकोटाले भने, ‘औषधीजन्य सामाग्रीको अभाव हुन नदिन अनुगमनलाई थप प्रभावकारी र देशभित्रको उत्पादन क्षमतालाई बढाउन आवश्यक पहल गरिएको छ ।’

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter