५५ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा प्रधानमन्त्री ओलीकाे शुभकामना

काठमाडौँ, चैत ८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले दलित भएकै कारणले विविधखाले हिंसाको शिकार बन्नुपर्ने अवस्था आधुनिक सभ्यता र लोकतान्त्रिक शासन व्यवस्थालाई नै नसुहाउने बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले ५५ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको ९ मार्च २१० अवसरमा सम्पूर्ण दलित समुदाय तथा देशवासीमा शुभकामना व्यक्त गर्नुहुँदै सो धारणा व्यक्त गर्नुभएको हो ।

उहाँले सन्देशमा २१ औं शताब्दीमा समेत विविध स्वरुपमा मानवबीच विभेद कायमै रहनु विडम्बना नै हो भन्नुभएको छ ।

उहाँले उहाँले साँस्कृतिक रुपान्तरणका माध्यमबाट मानव अधिकारको प्रबद्र्धन एवं सम्बद्र्धनका लागि सरकार दृढताकासाथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उहाँले नेपालको एकीकरण र राजनीतिक परिवर्तनमा नेपाली दलित समुदायले गरेको बलिदानीपूर्ण भूमिकाको उच्च प्रसंसा गर्नुभयो ।

उहाँले सामन्तवादको अवशेषको रुपमा रहेको जातीय भेदभाव तथा छुवाछुतलाई अन्त्य गर्न संविधानको प्रस्तावनामा व्यवस्था गरिएको चर्चा गर्नुभएको छ ।
उहाँले नीति तथा कार्यक्रम मार्फते दलित समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउने र आत्मसम्मानका साथ बाँच्न पाउने आधार तयार गर्दै न्यायमा पहुँच पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

19 injured on first day of Bisket Jatra

266 new cases of COVID-19; suspects entering Valley to undergo Antigen Tests

Nepal has to focus on exporting value-added products recommends EU Ambassador Deprez

Govt to provide Rs 4 lakh to wining Nepali football team

Health insurance reaches 77 districts




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter