कोभिड–१९ को तयारीका लागि जनशक्ति व्यवस्थापन गरिने; प्रत्येक प्रदेशमा कम्तिमा दुईहजार क्षमताका क्वारेन्टाइनस्थल निर्माण गर्ने

काठमाडौँ, चैत ९ गते । सरकारले कोभिड–१९ को तयारीका लागि प्रदेशअन्तर्गत कार्यरत मेडिकल अधिकृत, वरिष्ठ चिकित्सक र अध्ययनरत विद्यार्थीलाई परिचालन गर्न प्रदेश सरकारलाई अनुरोध गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रोगको उपचारका लागि त्यस प्रदेशअन्तर्गत कार्यरत र अध्ययनरत जनशक्तिलाई रोगको रोकथाम तथा नियन्त्रणका लागि परिचालन गर्न अनुरोध गरेको हो ।

मन्त्रिस्तरीय निर्णयका आधारमा नेपाल सरकारको छात्रवृत्तिमा अध्ययन गरेर हाल कार्यरतलाई खटाएको निकायमा न्यूनतम सेवा प्रवाह नरोकिने गरी कोभिड–१९ को रोकथाममा आवश्यकतानुसार परिचालन गर्ने योजना बनाएको हो ।

त्यस्तै मन्त्रालयले सम्बन्धित कलेजसँग समन्वय गरी एमबिबिएस र एमडी अध्ययनरतलाई परिचालन गर्न पनि सम्बन्धित प्रदेश सरकारलाई अनुरोध गरेको छ ।

प्रत्येक प्रदेशमा कम्तिमा दुईहजार क्षमताका क्वारेन्टाइनस्थल निर्माण गर्ने निर्णय

कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्नको लागि प्रत्येक प्रदेशले कम्तिमा दुई हजार क्षमताका क्वारेन्टाइन्स्थल निर्माण गर्ने निर्णय कोभिड–१९ विरूद्ध क्वारेन्टाइन स्थल निर्माण तथा व्यवस्थापन कार्यदल गरेको छ ।

कोभिड–१९ विरूद्ध क्वारेन्टाइन स्थल निर्माण तथा व्यवस्थापन कार्यदल संयोजक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईूको संयोजकत्वमा आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

नेपाल सरकारले उपत्यकामा कम्तिमा छ हजार व्यकि क्षमताको सार्वजनिक क्वारेन्टाइन स्थल तत्काल निर्माण गर्न सम्बन्धित सबै निकायहरू संयुक्तरूपमा परिचालित हुने र उक्त सार्वजनिक क्वारेन्टाइन स्थललाई आवश्यक पर्दा तुरून्त अस्थाई अस्पतालमा रूपान्तरण गर्न सकिने गरी तयारी गर्ने निर्णय समेत गरेकाे छ ।

बैठकले प्रत्येक महानगरपालिकाले कम्तिमा दुई हजार क्षमताका, प्रत्येक उपमहानगरपालिकाले कम्तिमा एकहजार, सबै जिल्ला सदरमुकाम रहेका नगरपालिका र गाउँपालिकाले कम्तिमा (हिमाली क्षेत्रको हकमा) छसय व्यक्ति र पहाडी क्षेत्रको हकमा एकहजार व्यक्ति र (तराई क्षेत्रको हकमा) दुईहजार व्यक्ति क्षमताका क्वारेन्टाइन्स्थल निर्माण गर्ने निर्णय गरेको छ ।

सार्वजनिक क्वारेन्टाइन स्थल सम्बन्धी मापदण्डको मस्यौदा आजै तयार गरी बेलुकासम्म गृह मन्त्रालयको संयोजकत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र चारवटै सुरक्षा निकायका प्रतिनिधी (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग) रहेको टोलीले कार्य गरी पेश गर्ने निर्णय गरेको छ ।

पर्यटन विभाग र नेपाल पर्यटन वोर्डले नेपाल होटल संघ र होटल व्यवसायी महासंघसँग समन्वय गरी कम्तिमा दुईहजार व्यक्ति क्षमताका लागि उपयुक्त होटलहरूको स्थान सहितको विवरण तयार गरी सोमबार विहानसम्म पेश गर्ने निर्णय गरिएको छ ।

काठमाण्डौका प्रमुख जिल्ला अधिकारीले इचङ्गुनारायण स्थल र बलम्बुस्थित मनमोहन अस्पतालको भवन परिसरको निरीक्षण गरी आवश्यक पर्दा कति व्यक्ति क्षमतामा प्रयोग गर्न सकिन्छ विवरण तयार गरी सोमबार विहान पेश गर्ने निर्णय गरिएको छ ।

बैठकमा नेपाल सरकारले उपत्यकामा कम्तिमा छहजार व्यक्ति क्षमताको सार्वजनिक क्वारेन्टाइन स्थल तत्काल निर्माण गर्न सम्बन्धित सबै निकायहरू संयुक्तरूपमा परिचालित हुने र उक्त सार्वजनिक क्वारेन्टाइन स्थललाई आवश्यक पर्दा तुरून्त अस्थाई अस्पतालमा रूपान्तरण गर्न सकिने गरी तयारी गर्ने विषयमा पनि निर्णय भएको छ ।

प्याब्सन, एनप्याब्सन र हिसानका प्रतिनिधीले आपसी समन्वयमा कम्तिमा दुईहजार ब्यक्ति क्षमताका होस्टेलरस्कूलको स्थान सहितको विवरण तयार गरी पेश गर्ने र राष्ट्रिय खेलकुद परिषदले काठमाडौं, ललितपूर, पोखरा, वुटवल र धरानमा रहेका होस्टल तथा रङ्गशाला (टेन्टबाट निर्माण गर्न सकिने सहित) मा क्वारेन्टाइनको लागि व्यवस्थापन गर्न सकिने क्षमता एकिन गरी विहान पेश गर्ने विषयमा पनि निर्णय भएको छ ।

प्रतिवेदन/मस्यौदा आए पश्चात सो बमोजिम आवश्यक पर्ने स्रोतसाधन/बजेट व्यवस्थापन योजना सम्बन्धी कार्य अर्थमन्त्रालय, गृह मन्त्रालय, सहरी विकास मन्त्रालय र चारवटै सुरक्षा निकायका प्रतिनिधीको टोलीले भोलि विहान पेश गर्नेछ। रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter