नेपालीसँग नियमित सम्पर्क बस्न खाडीका दूतावासहरूलाई निर्देशन

काठमाडौ, चैत्र १० गते । पराराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले खाडी मुलुकमा रहेका नियोगहरूलाई त्यहाँ रहेका नेपालीसँग नियमित सम्पर्क बस्न निर्देशन दिनुभएको छ ।
परराष्ट्र मन्त्रालयबाट भिडियो कन्फरेन्स मार्फत खाडी मुलुकका नियोगका पदाधिकारीसँग गर्नुभएको छलफलमा सो निर्देशन दिनुभएको हो ।
उहाँले छलफलका क्रममा खाडीमा रहेका नेपालीलाई सुरक्षित रहन, आतङ्कित नहुन तथा त्यहाँको सरकारले दिएको स्वास्थ्य सम्बन्धी प्रोटोकललाई अनुसरण गर्न आग्रह गर्नुभएको मन्त्रालयले ट्वीट मार्फत जानकारी गराएको छ ।
सो अबसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव पनि उपस्थित हुनुहुन्थ्यो ।