चैत ११ देखि १८ गतेसम्म देशै लकडाउन; एक सातासम्म घर बाहिर निस्कन नपाइने

काठमाडौ, चैत्र १० गते । सरकारले भोली बिहानदेखि एक साताभरि देशभर लकडाउन गर्ने निर्णय गरेको छ। भोली बिहानबाट १८ गतेसम्मको लागि लकडाउन गर्ने निर्णय भएको हो।
रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको उच्चस्तरीय समन्वय समितिले लकडाउन गर्ने निर्णय गरेको हो। विश्वर फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि लकडाउनको मोडालिटी तयार भएको हो।
लकडाउनको समयमा तोकिएका र अधिकार प्राप्त व्यक्ति बाहेक अरुलाई निस्कन अनुमति हुँदैन। यो अवधिमा कोही पनि व्यक्ति घर वाहिर निस्किन पाईँदैन्। यो निर्णयसँगै आन्तरिक उडान समेत बन्द हुनेछ। यो अवधिमा अत्यावश्यक वस्तुको आपूर्ति भने निरन्तर हुनेछ।