कोरोनाविरुद्ध प्रविधिमार्फत् लड्ने प्रतियोगिताको घोषणा

काठमाडौँ, चैत ११ गते । नयाँ कोरोनाभाइरस (कोभिड–१९)को महामारीले नेपाल लकडाउनमा रहेको बेला ‘कोड फर कज’ नामक अनलाइन कोडिङ प्रतियोगिताको घोषणा भएको छ।

मङ्गलबार क्याथफोर्ड इन्टरनेसनल कलेज अफ इन्जिनियरिङ एन्ड मेनेजमेन्टको ओपन–सफ्टवेयर क्लब क्याथफोसले एक विज्ञप्ति जारी गर्दै यस महामारीविरुद्ध प्रविधिमार्फत् नयाँ सफ्टवेयर बनाउन आह्वान गरेको हो।

‘सेल्फ–क्वारेन्टाइन बेलालाई नयाँ कुरा सिक्न र उपलब्धिपूर्ण बनाउने यो राम्रो मौका हो,’ विज्ञप्तिमा भनिएको छ।

प्रतियोगिता १० दिनसम्म चल्नेछ, यसबीच सहभागीहरूले आफ्नो प्रोजेक्टमा काम गर्न पाउनेछन्। यो विशेषतः स्नातक तह अध्ययनरत जोकोहीलाई खुल्ला छ र विजेताका लागि पुरस्कारको व्यवस्था रहेको बताइएको छ।

यस प्रतियोगिताका लागि दर्ता गर्ने अन्तिम मिति बिहीबारसम्म तोकिएको छ। दर्ता फाराम यस लिङ्कमा उपलब्ध छ।

Related News

Comments are closed

TOP NEWSview all

SC bars CIAA from conducting Sting Operations

Seto Machhendranath chariot procession begins

FNCCI calls applications from Startups

Nepal beats Netherland By 9 wickets

19 injured on first day of Bisket Jatra




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter