• Friday, May 02, 2025

कोभिड–१९ बारे जानकारी दिन मिडिया सेन्टर स्थापना; कोरोना भाइरस नियन्त्रण र उपचारको नाममा जथाभावी कोष खडा गर्न बन्देज

काठमाडौँ, चैत ११ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना कोभिड–१९ सँंग सम्बन्धित सूचना एकद्धार प्रणालीबाट सञ्चारमाध्यममा प्रवाह गर्न ‘मिडिया सेन्टर’ स्थापना गरेको छ ।

सवै सञ्चारमाध्यमलाई एकद्धार प्रणालीबाट सूचना प्रवाह गर्न मन्त्रालयमा नै मिडिया सेन्टर स्थापना गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालका सल्लाहाकार डा। खेम कार्कीले जानकारी दिनुभयो । मिडिया सेन्टरमा हरेक दिन कोभिड–१९ सँग सम्बन्धित सूचनाबारे जानकारी दिन अवाश्यकताअनुसार पत्रकारसम्मेलन गरिने र समाजिक सञ्जाल मार्फतसमेत सूचना सम्प्रेषण गरिने जनाइएको छ ।

मिडिया सेन्टरबाट कोभिड–१९ सँग सम्बन्धित चिकित्सक समेत उपस्थित हुने भएकोले सञ्चारकर्मीले ति चिकित्सकसँग आफूलाई आवश्यक सूचनासमेत प्राप्त गर्न सहज हुने छ । त्यस्तै फेसवुक र ट्विटरबाट कोभिड–१९ सँग सम्बन्धित मन्त्रालयले गरेको गतिविधिसमेत जानकारी गराइने मन्त्रीका सल्लाहकार डा। कार्कीले जानकारी दिनुभयो । यसैगरी मन्त्रालयले कोभिड–१९ बारे जानकारी दिनका लागि छुट्टै वेभसाइट र मोवाइल एपसमेत बनाउने भएको छ ।

कोरोना भाइरस नियन्त्रण र उपचारको नाममा जथाभावी कोष खडा गर्न बन्देज

कोरोना भाइरसको संक्रमण नियन्त्रण, रोकथाम र उपचारका लागि छुट्टै कोष खडा गर्न सरकारले रोक लगाएको छ । नोबल कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको समितिले सरकारी तहबाट यसअघि नै कोष खडा भइसकेको जनाउँदै अन्य कोष स्थापनामा प्रतिबन्ध लगाएको हो । विभिन्न संघसंस्थाले यसअघि नै विभिन्न कोष खडा गरेर रकम संकलन अभियान सुरु गरिसकेका छन् ।

‘कोरोना संक्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि सहयोग पुर्याउन नेपाल सरकारले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोष स्थापना गरिसकेको सन्दर्भमा सोही प्रयोजनका लागि अन्य कुनै निकाय वा संघसंस्थाले छुट्टै कोष स्थापना नगर्ने’ समितिको निर्णय नं. ७ मा भनिएको छ ।

तर, कतिपय संघसंस्थाले छुट्टै कोष खडा गरिसकेका छन् । तिनको हकमा चाहिँ आफूमातहतका संघसंस्था वा व्यक्तिबाट मात्र रकम जम्मा गर्नुपर्ने निर्णय समितिले गरेको छ । यसरी जम्मा भएको रकम नेपाल सरकारले स्थापना गरेको उपरोक्त कोषमा जम्मा भनिएको छ ।

‘कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नं १९६०००००११०१ मा अनिवार्य रूपमा जम्मा गर्ने’ समितिको निर्णयमा भनिएको छ, ‘यसको जानकारी सार्वजनिक सूचना जारी गरी सबैलाई दिने ।’रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter