‘एकका लागि एक’ अभियान सार्थक हुँदै, विपन्न वर्गले पाए राहत

लीला झापाली / बिर्तामोड, वैशाख २८ गते । कोरोना कहरका कारण निम्न आय भएका र दैनिक ज्यालादारी गरी खाने सर्वसाधारणहरु बढी मर्कामा परेको भन्दै झापा बिर्तामोडमा आइतबारदेखि निःशुल्क खाना वितरण गरिएको छ ।

लक डाउनका कारण भोकभोकै बस्नु नपरोस् भन्ने उद्देश्यले ‘एकका लागि एक’ अभियानले आइतबारदेखि निःशुल्क खाना वितरण शुरु गरेको हो । लक डाउनको समयमा विपन्न परिवारलाई खाना दिन सुरु गरिएको अभियानका खाना व्यवस्थापन उपसमितिका संयोजक सञ्जीव घिमिरेले जानकारी दिनुभयो ।

गत वैशाख १९ गते मजदुर दिवसको दिनदेखि शुरु भएको अभियानले हालसम्म एक हजार विपन्न परिवारलाई खाद्य सामग्री वितरण गरिसकेको छ । अभियानले कम्तिमा दुई हजार परिवारलाई खाद्यान्न वितरण गर्ने योजना बनाएको अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिनुभयो ।

पहिलो चरणमा खाद्य सामग्री वितरण गरेपछि दोस्रो चरणअन्तर्गत असक्त, सडकमै आश्रित, बिरामी कुरुवा, सडकमा अलपत्र नागरिकलाई खानाको प्रबन्ध गरिएको हो । अभियानले बन्दाबन्दी नखुलेसम्म हरेक दिन बिहान ९ देखि १२ बजेसम्म खाना वितरण गर्ने जनाएको छ ।

अभियानमा ३५ भन्दा बढी सामाजिक संघसंस्था र ४०० जनाभन्दा बढी व्यक्ति जोडिएका छन् । हालसम्म संस्थागत र व्यक्तिगत रुपमा देश तथा विदेशबाट रू ३६ लाख २० हजार भन्दा बढी रकम संकलन भइसकेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter