• Thursday, May 01, 2025

अध्यक्षद्वयको प्रतिवेदन सर्वसम्मतिले पारित

काठमाडौं, भदौ २६ गते । नेकपाको स्थायी कमिटिको आजको बैठक सम्पन्न भएको छ । बैठकले अध्यक्ष द्वयले प्रस्तुत गर्नु भएको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो ।

पार्टीभित्रको आन्तरिक विवाद चुलिएपछि दुई अध्यक्षले साउन ३० गते ६ सदस्यीय कार्यदल गठन गर्नुभएको थियो । कार्यदलले पार्टीको आन्तरिक विवाद सल्टाउने सुझावसहितको विषय तयार गरेर भदौ ६ गते प्रतिवेदन बुझायो । सोही प्रतिवेदनको आधारमा दुई अध्यक्षले प्रस्ताव तयार गरेर आजको बैठकमा पेश गर्नु भएपछि त्यसमा केन्द्रित भएर आज छलफल भएकाे थियाे ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्दै सरकारमा केन्द्रित रहने र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले कार्यकारी अधिकार सहितको अध्यक्षका रुपमा पार्टी अगाडि बढाउने निर्णय गरेको बैठक पछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ बताउनुभयो ।

सरकारले राष्ट्रिय महत्वको निर्णयहरु गर्दा पार्टीको नीति अनुसार गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । साथै पार्टीको महाधिवेशन २०७७ चैत २५ देखि ३० गतेसम्ममा काठमाडौमा आयोजना गर्ने निर्णय गरेको र कार्तिक १५ गतेसम्म केन्द्रिय कमिटीको बैठक आयोजना गर्ने प्रस्ताव पारित गरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter