• Tuesday, May 20, 2025

एक हजार ९११ थपिए, सङ्क्रमित ७९ हजार ७२८ पुग्यो

काठमाडौं, असोज १५ गते । नेपालमा कोरोनाभाइरसका एक हजार ९११ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १२ हजार ४४४ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा १२ हजार ४४४ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ९११ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ। थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित ७९ हजार ७२८ पुगेको छ । हाल २१ ह्जार ८३० जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ९६१ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ५७ हजार ३८९ सङ्क्रमित निको भएर घर फर्केका छन् । त्यसैगरी, पछिल्लो चौबीस घण्टामा ११ जना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ५०९ पुगेको छ ।

काठमाडौं उपत्यकामा थपिए नौ सय ४३ संक्रमित

काठमाडौं उपत्यकामा बिहीबार थप नौ सय ४३ जनामा कोरोना संक्रमण देखिएको छ ।

उपत्यकाको काठमाडौं जिल्लामा आठ सय १७ जना, ललितपुरमा ६८ जना र भक्तपुरमा ५८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter