• Saturday, May 03, 2025

नेपाल बंगलादेश मैत्रीपूर्ण फुटबलको दोस्रो खेल गोलरहित बराबरीमा टुंगियो

काठमाडौं, मङ्सिर २ गते । नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल सिरिजको दोस्रो खेल गोलरहित बराबरीमा टुंगिएको छ । पहिलो खेलमा २–० को हार बेहोरेको नेपालले दोस्रो खेलमा बंगलादेशलाई बराबरीमा रोक्न सफल भएपनि उपाधि आयोजक बंगलादेशले जितेको छ । नेपालले उपाधि हात पार्न दोस्रो खेलमा कम्तिमा २–० को गोल अन्तरले आयोजक बंगलादेशलाई हराउनु पर्ने थियो ।

पछिल्लो खेलभन्दा सुधारिएको प्रदर्शन गरेको नेपालले खेल अवधिभरि बल नियन्त्रणमा जोड दिएको थियो । केही आक्रमण बुनेपनि त्यसलाई गोलमा परिणत गर्न नेपाली टोली सफल हुन सकेन । खेलको सुरुवातमै तेस्रो मिनेटमा दर्शन गुरुङको फ्रिकिकलाई तेज तामाङले ३० यार्ड बाहिरबाट गरेको प्रयास बंगलादेशी गोलरक्षकले बचाए । बंगलादेशले गोलका लागि गरेको प्रयास नेपाली गोलरक्षक किरण चेम्जोङले असफल तुल्याउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter