एक हजार ९४५ थपिए, पाँच हजार ३६४ सङ्क्रमणमुक्त

काठमाडौं, मङ्सिर ५ गते । नेपालमा कोरोनाभाइरसका एक हजार ९४५ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख १६ हजार ९६५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा दश हजार ४४० जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ९४५ जनामा सङ्क्रमणको पुष्टि भएको उल्लेख गरेको छ । हाल २४ हजार ६६५ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । हालसम्म १६ लाख ४३ हजार ८९९ जनाको परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा पाँच हजार ३६४ जना सङ्क्रमित निको भएका छन् । हालसम्म एक लाख ९१ ह्जार दुई जना सङ्क्रमित निको भइसकेका छन् । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा २२ जना सङ्क्रमितको मृत्यु भएको दर्ता गरेको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार २९८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले हाल ७५३ जना क्वारेन्टिनमा रहेको जनाएको छ ।

उपत्यकामा एक हजार १०७ मा सङ्क्रमणको पुष्टि

काठमाडौं उपत्यकामा कोरोनाभाइरसका एक हजार १०७ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा एक हजार १०७ जना सङ्क्रमित पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा ४८४ महिला र ६२३ पुरुषमा सङ्क्रमणको पुष्टि भएको छ । काठमाडौं जिल्लामा हाल नौ हजार ६८१ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । हालसम्म काठमाडौंमा ७१ ह्जार ५९१ जना निको भएका छन् । ३१६ जना सङ्क्रमितको मृत्यु भएको छ ।

त्यसैगरी, ललितपुरमा हाल दुई हजार २२८ जनामा सङ्क्रमण सक्रिय रहेको छ । नौ हजार ६३१ जना निको भएका छन् । ललितपुरमा ८९ जना सङ्क्रमितको मृत्यु भएको छ । भक्तपुरमा भने ७८३ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । छ हजार ४७० जना निको हुँदा ८३ जना सङ्क्रमितको मृत्यु भएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter