एक हजार ६७४ सङ्क्रमित थपिए, दुई हजार ३२३ सङ्क्रमणमुक्त

काठमाडौं, मङ्सिर ६ गते । नेपालमा कोरोनाभाइरसका एक हजार ६७४ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख १८ हजार ६३९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा करिब दश हजार जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ६७४ जनामा सङ्क्रमण पुष्टि भएको उल्लेख गरेको छ । हाल २४ हजार नौ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । हालसम्म १६ लाख ५२ हजार ४३ जनाको परीक्षण गरिएको छ ।

काठमाडाैं उपत्यकाका तीन जिल्लामा तीन सय ८७ महिला र पाँच सय १२ पुरुष गरी ८९९ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएकाे छ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दुई हजार ३२३ जना सङ्क्रमित निको भएका छन् । हालसम्म एक लाख ९३ ह्जार ३२५ जना सङ्क्रमित निको भइसकेका छन् । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा सात जना सङ्क्रमितको मृत्युको दर्ता गरिएको जनाएकाे छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ३०५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले हाल ७५७ जना क्वारेन्टिनमा बसेकाे जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter