सुक्खायाम बढीमा २५० मेगावाट विद्युत् आयात गरिने

काठमाडौँ, मङ्सिर ७ गते । सुक्खायाममा सहज रुपमा विद्युत् आपूर्तिको व्यवस्था मिलाउन नेपाल विद्युत् प्राधिकरणले अधिकतम् २५० मेगावाटसम्म विद्युत् आयात गर्ने भएको छ ।

विशेषगरी माघ, फागुनमा नदीमा जलसतह कम हुने तथा प्राधिकरण र निजी क्षेत्रका आयोजनामा समेत कम विद्युत् उत्पादन हुने भएकाले बिजुली व्यवस्थापनका लागि भारतबाट विद्युत् आयात गर्न लागिएको हो । प्राधिकरणले सन् २०२० को डिसेम्बर १ देखि २०२१ को जुनसम्मका लागि विद्युत् आयातका लागि भारतसँग आग्रह गरेको थियो । प्राधिकरणको सो आग्रहलाई भारतले स्वीकृति दिएको जनाइएको छ ।

प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार भारतका तर्फबाट शनिबार मात्रै स्वीकृति आएको छ । सो स्वीकृतिपछि सुक्खायाममा विद्युत् व्यवस्थापनका लागि प्राधिकरणलाई सहज भएको छ । कामयमुकायम कार्यकारी निर्देशक शाक्यले प्राधिकरणको आग्रहअनुसार नै स्वीकृति भएर आएको छ । उहाँका अनुसार कूल २५० मेगावाटमध्ये ८० देखि १५० मेगावाट विद्युत् भने २४सै घण्टा लिनुपर्नेछ । बाँकी भने आवश्यक पर्दा मात्रै लिए हुने खालको रहेको रहेको उहाँले जानकारी दिनुभयो ।

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालतर्फ निर्यात गरिने विद्युत्को माग र परिमाणको स्वीकृति दिएको हो । प्राधिरकणले त्यहाँको नोडल एजेन्सी एनभिभिएनमार्फत विद्युत् आयात गरिरहेको छ । ढल्केबरबाट आउने विद्युत् एनभिएिनमार्फत आएको विद्युत् हो । प्राधिकरणले विहार, उत्तरप्रदेशबाट पनि विद्युत् आयात गर्छ ।

विशेषगरी सुक्खायाममा बिजुलीको माग पनि बढी हुने र उत्पादन पनि कम हुने भएकाले व्यवस्थापनका लागि आन्तरिक तथा बाह्य स्रोतलाई समेत प्रभावकारी परिचालन गर्नु जरुरी हुन्छ ।

पछिल्ला चार वर्षमा प्राधिकरणले माग र आपूर्तिको बीचमा सन्तुलन मिलाएर विद्युत् प्रवाह गर्दै आएको छ ।

सोही कारण प्राधिकरणको आर्थिक स्वास्थ्यमा समेत सुधार आएको छ । विद्युत्भार कटौतीको अन्त्य, चोरी नियन्त्रण जस्ता कारणले प्राधिकरण नाफामा समेत गएको छ । केही दिन पहिले मात्रै ढल्केबर सवस्टेशनसमेत ४०० केभीमा सञ्चालनमा आएको छ । सवस्टेशनको क्षमता वृद्धिसँगै अन्तरदेशीय प्रसारण लाइनका रुपमा रहेको ढल्केबर–मुजफफ्फरपुर प्रसारण लाइनसमेत ४०० केभीमा नै सञ्चालन हुनेछ ।

नेपालको तर्फबाट प्रसारण लाइनको क्षमता वृद्धिका लागि कुनै समस्या नभए पनि भारतको तर्फबाट स्वीकृति दिनुपर्ने र सुरक्षात्मक उपायसमेत अवलम्बन गर्नुपर्ने कायममुकायम कार्यकारी निर्देशक शाक्यको भनाइ छ ।

हिउँदका लागि सहज विद्युत् व्यवस्थापनका लागि भारतसँग पहल गरेको प्राधिकरणले आन्तरिकरुपमा समेत सवस्टेशनको मर्मत तथा सम्भारलाई समेत ध्यान दिएको छ । ढल्केबर– खिम्ती १३२ केभी प्रसारण लाइनमा समेत मर्मत गरी विद्युत् आयातलाई सहज बनाइएको छ । भरतबाट हेटौँडा हुँदै आउने र खिम्ती भएर आउने विद्युत् प्रवाहमा समेत एकरुपता कायम गरिएको छ । यसबाट स्वीचीङमा हुने समस्या समाधान हुने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले गुणस्तरीय र सहज विद्युत् आपूर्तिका लागि प्राधिकरणलाई निर्देशन दिनुभएको छ । मन्त्री पुनःप्राधिकरण सञ्चालक समितिका अध्यक्ष हुनुहुन्छ । मन्त्री पुनले उपभोक्तालाई गुणस्तरीय विद्युत् प्रवाहका लागि सवस्टेशनको मर्मतसम्भार, ट्रान्सफर्मरको क्षमता वृद्धि तथा प्रसारण लाइनमा रहेको समस्या समाधानका लागिसमेत पहल गरिरहनुभएको छ ।

मन्त्री पुनले निर्माणाधीन प्रसारण लाइनसमेत तत्काल सम्पन्न गर्न पहल गर्नुभएको छ । सोलु करिडोरको समस्या समाधान भएको छ भने अन्य प्रसारण लाइनको समस्या समाधानका लागि पहल भइरहेको उहाँको सचिवालयले जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter