एक हजार ९८० जना सङ्क्रमित थपिए, तीन हजार ४३ जना निको

काठमाडौं, मङ्सिर ८ गते । नेपालमा कोरोना भाइरसका एक हजार ९८० जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख २२ हजार २८८ पुगेको छ । यो सँगै सक्रिय सङ्क्रमित संख्या १८ हजार ८८४ रहेका छन् । दश हजार ३८१ आरटी पीसीआर परीक्षणमा सो संख्यामा संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिकमा तीन हजार ४३ जना निको भएका जानकारी छ ।

निको हुनेको संख्या दुई लाख दुई हजार ६७ जना रहेको बताउनुभयो । नेपालमा अहिले कोरोना संक्रमणमुक्त हुने दर ९०.९० प्रतिशत पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा थप १६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ३३७ पुगेको छ ।

काठमाडौं उपत्यकामा एक हजार सातमा सङ्क्रमणको पुष्टि

काठमाडौं उपत्यकामा कोरोनाका एक हजार सात सङ्क्रमित थपिएका छन् । देशभरि पछिल्लो चौबीस घण्टामा एक हजार ९८० जना सङ्क्रमित थपिएका छन् । चौबीस घण्टामा दश हजार ३८१ जनाको आरटीपीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा एक हजार सात जनामा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा ४५४ महिला र ५५३ पुरुषमा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।

हाल काठमाडौंमा आठ हजार ६६७ जना सक्रिय सङ्क्रमित रहेका छन् । काठमाडौंमा ७४ हजार ८३२ जना निको भएका छन् । ३२६ जना सङ्क्रमितको मृत्यु भएको छ । ललितपुरमा एक हजार ४९८ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । दश हजार ७९९ जना निको भएका छन् । ९० जनाको मृत्यु भएको छ ।

भक्तपुरमा हाल ६२८ जनामा भाइरसको सङ्क्रमण सक्रिय हुँदा छ हजार ८१० जना निको भएका छन् । ८५ जनाको मृत्यु भएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter