• Tuesday, May 20, 2025

प्रधानमन्त्रीद्वारा सिंहदरवार र धरहरा पुनःनिर्माणकोे निरीक्षण

काठमाडौं, माघ २९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका रुपमा रहेका धरहरा र सिंहदरबारको पुनर्निर्माण आगामी महिनाको अन्त्य सम्ममा पूरा गर्न सम्बद्ध निकायहरुलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्रीले गत २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त भएका सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय तथा धरहराको हाल भइरहको पुनर्निर्माण कार्यको निरीक्षण पश्चात यस्तो निर्देशन दिनुभएको हो ।

“कोभिड १९ को महाव्याधिले पुनर्निर्माणकार्यमा पारेको बाधाका बावजुद अहिलेसम्म भएका प्रगति सन्तोषजनक छन्”, प्रधानमन्त्रीको भन्नु भयो । साथै उहाँले सिंहदरबारको पुनर्निर्माणका क्रममा पुरातात्विकमहत्वका वस्तुहरुलाई यथास्वरुपमै कायम राख्न निर्देशनसमेत दिनुभयो ।

मुलुकको प्रमुख प्रशासनिक निकायका रुपमा रहेको सिंहदरबारको अवलोकनका क्रममा प्रधानमन्त्रीलाई पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रधानमन्त्री कार्यालयलाई भूकम्प पश्चात गरिएको सबलीकरण, कार्यालय प्रयोजनका लागि व्यवस्था गरिएका वैठक कक्ष, प्रतिक्षाकक्षल गायतका संचरचनाहरू, आपतकालीन तथा अग्नी नियन्त्रक संयन्त्र एवं कार्यालयमा २४ सै घन्टा उपलब्ध हुने ताजा हावा सहितको वातानुकुलन प्रणालीबारे अवगत गराउनु भएको थियो ।

सिंहदरबारको प्रमुख आकर्षण एवं विसं २०३० सालमा भएको आगलागीबाट बचेको एकमात्र पश्चिमी संरचना रहेको छ भने त्यसको पुर्व, दक्षिणपूर्व, तथा उत्तर पूर्वतर्फका भागमा प्रधानमन्त्री कार्यालय रहने गरेको थियो । प्राधिकरणका केन्द्रीय योजना कार्यान्वयन इकाइका सह निर्देशक झपरसिंह विश्वकर्माका अनुसार कार्यालयलाई सुरक्षा र सुविधा दृष्टिले अब्बल हुने गरी प्रबलिकरण गरिएको छ ।

केन्द्रीय वातानुकुलित प्रणालीका अतिरिक्त आगलागीको समयमा अत्यन्त छिटो अग्नि शमन गर्ने प्रणाली यसमा थपिएका नयाँ विशेषता हुन् । सिंहदरबारको निरीक्षणपछि प्रधानमन्त्रीले पुनर्निर्माणको अन्तिम चरणमा रहेको धरहरा क्षेत्रको निरीक्षण गर्नु भएको थियो ।

कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल पनि साथमा रहनुभएको थियो । भ्रमणका क्रममा प्रधानमन्त्रीले धरहरासहित सुन्धाराको संरक्षण तथा मुद्रा संग्रहालयका निर्माण प्रगतिहरुको अद्यावधिक जानकारी लिँदै आगामी कार्यका बारेमा पनि जिज्ञासा राख्नुभएको थियो ।

कार्यक्रममा पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निर्माणाधिन धरहराका दुई भूमिगत तलामा पार्किङ रहने, त्यहीँबाट १०/१० जना अट्ने क्षमताको लिफट रहने तथा १८ औं तलामा घरहरासम्बन्धी डिजिटल प्रस्तुतिकरण कक्ष रहने जानकारी दिनुभयो।

हाल २१ औं तलाको ढलान सकिए पश्चात २२ औं तला समेतको कार्यगरी त्यहाँ पहिले रहेको महादेव प्रतिमा पुनस्र्थापना तथा गजुर जडानको कार्य गरिने जानकारी पनि उहाँले दिनुभयो । यसबाहेक अहिले पानी सुकेको र निकास समेत बन्द भएको अवस्थामा रहेको ऐतिहासिक सुन्धारालाई निरन्तर पानी आउने अवस्थामा ल्याई संरक्षण गरिने छ ।

यसै गरी यसअघि टक्सारको भवन रहेको स्थानमा मुद्रा तथा सिंक्कासम्बन्धी विविध सामग्रीसहितको संग्रहालय बनाउने र भुकम्पले भत्काएको धरहरालाई यथावत स्वरुमा शिशाले छोपेर एक सजिव भूकम्प संग्रहालयका रुपमा संरक्षण गरिने जानकारी पनि ज्ञवालीले दिनुभयो ।

यसअघि मात्र करिब साढे ४ रोपनीमा रहेको धरहरा परिसर अब ४२ रोपनीमा विस्तार हुँदा राजधानीले एक ऐतिहासिक खुल्ला स्थान पाउने पनि उहाँले बताउनुभयो । कार्यक्रमा प्रधानमन्त्रीलाई प्राधिकरणका सहसचिव भरत अर्यालले धरहरा पुनर्निर्माणको प्राविधिक प्रगतिका बारे जानकारी गराउनुभयो ।

उहाँका अनुसार धरहरा परिसरको भूमिगत पार्किङस्थलमा ४ सय वटा चारपांग्रे र ७ सय वटा मोटरसाइकल अट्ने भएकोले राजधानीको पार्किङ समस्या धेरैहदसम्म सम्बोधन हुने अवस्था छ ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter