विदेशबाट फर्केर ४० लाख लगानीमा स्थानीय जातका कुखुरा पालान

कैलाश लामा / चरिकोट, चैत २७ गते । लोकल कुखुरा भन्ने बित्तिकै मासु र अण्डाको लागि राम्रो मानिन्छ । विशेषगरी गाउँघरमा पाहुनाको सत्कार, पूजाआजा, विरामी तथा सुत्केरीलाई खुवाउनका लागि लोकल कुखुरा पालिने गरिन्छ । तर दोलखाको मेलुङ गाउँपालिकामा भने व्यवसायिक रुपमा लोकल कुखुरापालन सुरु गरिएको छ ।

गाउँपालपकाको वडा नम्बर ७ सीतलीमा करिब ४० लाख रुपियाँ लागतमा लोकल कुखुरापालन व्यवसाय सुरु गरिएको हो ।

गत कात्तिकमा सात सय ५० लोकल चल्ला हालिएको फर्ममा हाल पाँच सय भन्दा बढी लोकल कुखुरा रहेको सञ्चालक विदुर कार्कीले बताउनुभयो ।

बैदेशिक रोजगारीबाट फर्केका उहाँले ६ रोपनी जग्गामा तारजाली कम्पाउण्ड, स्टिलट्रस भवन लगाएत निर्माण गरी लोकल कुखुरापालन व्यवसाय सुरु गरिएको बताउनुभयो ।

गाउँघरमा पालिने बाताबरणमै कुखुरा पालिएको बताउँदै उहाँले भन्नुभयो कुखुरालाई गहुँ, मकै र घाँस लगात खुवाउने गरेका छौँ । कुखुराले हाल दैनिक ७० देखि ७५ वटासम्म अण्डा दिइरहेको छ । अण्डा चार सय ५० रुपियाँ क्रेटमा बिक्री भइरहेको छ भने मासु ६ सय रुपियाँ किलोमा बिक्री भईरहेको छ ।

छ महिनामा मासुको लागि तयार हुने कुखुराको तौल डेढ किलोदेखि साढे दुई किलोसम्म हुने गरेको कार्की बताउनु हुन्छ । उत्पादित कुखुरा रामेछापको मिल्ती, देविटार, मन्थली बजार र दोलखा सदरमुकाम चरिकोट सम्म बिक्रीवितरण भइरहेको उहाँले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter