• Wednesday, April 30, 2025

पछिल्लो चौबीस घण्टामा ३३७ जना सङ्क्रमित थपिए, १५१ निको

काठमाडौं, चैत २८ गते । नेपालमा कोरोना भाइरसका ३३७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ५३२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ३३७ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित अद्यावधिक गर्दै सो कुरा जानकारी दिएको हो ।

पछिल्लो चौबीस घण्टामा १५१ जना संक्रमति निको भएको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै पछिल्लो चौबीस घण्टामा एक जनाको मृत्यु भएकाे र हालसम्म तीन हजार ३९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७९ हजार ७२५ पुगेको छ । नेपालमा अहिलसम्म दुई लाख ७३ हजार ८८६ जना निको भएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter