• Thursday, May 01, 2025

कोभिड ‘वार’ कक्ष सहितको युनिफाइड अस्पताल बन्दै, दुई साता लाग्ने

पुरुषोतम् खत्री / काठमाडौं, वैशाख २६ गते । वीर अस्पतालको भर्खरै निर्माण भएको नयाँ भवन कोभिड १९ को उपचारका लागि युनिफाइड अस्पतालका रुपमा विकास गर्न शुरु गरिएको छ ।

कम्तमा दुई हप्ता भित्र काम सक्ने गरी शुरु भएको सो युनिफाइड अस्पतालमा देशभरिका अस्पतालमा कोरोनाका उपचारका लागि कति शय्या, आईसीयू र भेन्टिलेटर छन् । कति शय्या खाली छन् कतिमा बिरामी छन् जस्ता ताजा जानकारी राख्ने गरी कोभिड युद्ध (वार) कक्षको पनि स्थापना गरिनेछ ।

स्वास्थ्य मन्त्रालयले महामारी अवधिभर सो अस्पताललाई कोरोना रोकथाममा प्रभावकारी तरिकाले कार्य सञ्चालन गर्ने थलोका रुपमा प्रयोग गरिनेछ । सो भवनमा तत्कालै अक्सिजन सहितको तीनसय शय्या, एक सय आईसीयू र ५० भेन्टिलेटरको हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

डा.रोशन पोखरेलको मातहतमा एउटा सञ्चालन समिति रहनेछ । कोभिडका बिरामिका लागि अलग्गै र अन्य सबै अस्पतालमा जस्तो विरामीको जाँच गर्ने, अनुगमन एवम् उपलब्ध शय्याहरुको रेकर्ड राख्ने , आईसीयू ,भेन्टिलेटर आदिको विवरण अरु देशका अस्पतालमा जस्तै आधुनिक ढङ्गले राखिनेछ ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डा.समीरकुमार अधिकारीका अनुसार कोभिड १९ सङक्रामण विरुद्ध युद्ध कक्ष डा .गुणराज लोहनीको नेतृत्वमा सञ्चालन हुनेछ ।

सो अस्पताल सञ्चालनमा आईसकेपछि सिकेको र अनुभवको आधारमा पाँच वा सात दिनपछि नै मन्त्रालयले यस्तै अस्पताल स्थापना गर्न सातै वटै प्रदेशलाई अख्तियारी प्रदान गर्नेछ ।

नयाँ बनेको वीर अस्पतालमा कम्तीमा ८०० शय्या राख्नुपर्ने मन्त्रालयले अनुमान गरेको छ । १०० शय्या कोभिडका सरल प्रकृतिका बिरामीका लागि भने ७०० जटिल प्रकृतिका कोरोना सङ्क्रमितका लागि छुट्याइने बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा शनिवार बसेको मन्त्रिपरिषद्को बैठकले वीर अस्पतालको नयाँ भवनलाई कोभिड १९ उपचार कक्ष बनाउने निर्णण गरेको थियो ।

भूमि व्यवस्था तथा गरीवि निवारण मन्त्री पद्मा अर्यालका अनुसार मन्त्रिपरिषद्को आकस्मिक बसेको बैठकले विर अस्पातालको नयाँ भवनमा ५०० वेडको कोभिड युनिफाइड अस्पताल बनाउने निर्णय गरेको हो । बैठकमा यो मात्र एक एजेण्डा भएको र देशमा कोरोना भाईरसबाट संक्रमित हुनेको सङख्या बढिरहेकोले यस्तो निर्णय गरीएको उहाँले बताउनुभयो । केही दिन अघि बसेको सिसीएमसीको बैठकले सरकारले वीर अस्पतालको नयाँ भवनलाई कोभिड १९ उपचार कक्ष बनाउने निर्णय गरको थियो ।“ यी सबै कुराले देशकै सबैभन्दा पुरानो अस्पताल अहिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सरकारले कोभिड १९ उपचारको लागि समर्पित गरेको छ” मन्त्री अर्यालले भन्नुभयो ।

। यो भन्दा पहिले वीर अस्पताल राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान (न्याम्स) को मातहतमा रहेको थियो । न्याम्सले अहिले शैक्षिक क्षेत्र मात्र हेर्ने गर्दछ । “वीर अस्पतालको नयाँ भवनलाई कोरोना उपचार कक्ष बनाउने निर्णय यो महामारी नसकिँदासम्मको लागि हो” मन्त्री अर्यालले भन्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter