• Thursday, May 01, 2025

कोरोनाका नौ हजार १२७ संक्रमित थपिए, चार हजार सात जना निकाे भए

काठमाडौं, बैशाख २७ गते । पछिल्लो चौबीस घण्टामा कोरोनामा ९हजार १२७ नयाँ सक्रमित थपिएका छन् भने १३९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।साथै सो अवधिमा चार हजार सात जना निको हुनु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साे अवधिमा १८ हजार ४११ जनाकाे आरसीपीसीआर टेस्ट गरिएकाे थियाे ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार लाख ३७९४ पुगेको जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

हाल ९३ हजार १४१ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । मन्त्रालयका अनुसार हाल ४२७ जना क्वारेन्टिनमा छन् । हालसम्म तीन लाख ६७९४ निको भएकोमा आज सम्म तीन हजार ८५९ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter