• Friday, May 02, 2025

एक हजार ६९० जनामा सङ्क्रमण पुष्टि, एक हजार ५३३ जना सङ्क्रमणमुक्त

काठमाडौं, असार २८ गते । पछिल्लो २४ घण्टामा थप एक हजार ६९० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको सात हजार ६८९ जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, तीन हजार ८९५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६८० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण १८ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार चार सयजनाको मृत्यु भैसकेको छ । पछिल्लो २४ घण्टामा एक हजार ५३३ जना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म ९४.५० प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter