दुई हजार ६ जनामा सङ्क्रमण पुष्टि, ४३ जनाको मृत्यु; चीनले नेपाललाई थप १६ लाख मात्रा खोप अनुदान दिने

काठमाडौं, साउन १ गते । पछिल्लो २४ घण्टामा दुई हजार ६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको नौ हजार ६१३ जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, चार हजार ५६९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९३० जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ७७५ जना कोरोना संक्रमित निको भएका छन भने सङ्क्रमणका कारण ४३ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार ५०६ जनाको मृत्यु भैसकेको छ । अहिलेसम्म ९४.५ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

चीनले नेपाललाई थप १६ लाख मात्रा खोप अनुदान दिने

चीनले नेपाललाई थप १६ लाख मात्रा खोप उपलब्ध गराउनेभएको छ । नेपालका लागि चिनियाँ राजदूत हो याङ्छीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको आजको भेटमा सो कुराको जानकारी गराउनु भएको हो ।

साे कुरा परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter