• Friday, May 02, 2025

दुई हजार ७३६ जनामा सङ्क्रमण पुष्टि, दुई हजार ११८ जना निको भए

काठमाडौं, साउन २९ गते । पछिल्लो २४ घण्टामा दुई हजार ७३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ११ हजार ७०८ जनामा गरिएको आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, छ हजार ८७४ जनामा गरिएको एन्टिजेन परीक्षणमा एक हजार ५२ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार ११८ जना कोरोना सङ्क्रमित निको भएका छन् भने सङ्क्रमणका कारण २७ जनाको मृत्यु भएको छ । योसँगै दश हजार २३९ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म ९३.४ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा तीन लाख ६७ हजार ३४१ जनाले खाेप लगाएका छन् । नेपालमा अहिले ३८ हजार ७९८ जना सक्रिय सङ्क्रमित छन् ।जसमा ७३६ जना सघन कक्षमा र १८५ जना भेन्टिलेटरमा रहेर उपचार गराइरहनुभएकाे छ ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter