दुई हजार ३२१ जनामा सङ्क्रमण, दुई हजार १२६ निको, ३३ जनाको मृत्यु

काठमाडौं, भदाै ३ गते । पछिल्लो २४ घण्टामा दुई हजार ३२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ९४६ आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, चार हजार ४९२ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७५४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार १२६ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ९१ हजार २९९ पुगेको छ । सङ्क्रमणका कारण ३३ जनाको मृत्यु भएको छ । योसँगै दश हजार ४२९ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म ९३.१४ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

हाल ३७ हजार ११४ होम आइसोलेसनमा तथा तीन हजार ३८६ जना संस्थागत आइसोलेसनमा छन् । त्यसैगरी ७३९ आइसीयू र १६८ जना भेन्टिलेटरमा उपचाररत छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार ५०० रहेको छ । पछिल्लो २४ घण्टामा ९१ हजार ११ ले खोप लगाएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter