• Saturday, May 03, 2025

आधुनिक बन्दै गाउँमा कृषि पेसा, घरघरमा टल्किन्छन् टनेल

बाबुराम देवकोटा / सिन्धुली, भदौ ७ गते । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढी आसपासका गाँउका घर घरमा यतिखेर टनेल (प्लाष्टिकको घर) टल्किदै गएका छन् ।

जिल्लामा पछिल्लो समयमा प्लाष्टिकको टनेलभित्र गरिने बेमौसमी तरकारी खेतीप्रति कृषकको आकर्षण बढ्दै गएपछि घर–घरमा टनेल टल्किएका हुन् । सदरमुकाम आसपास रहेका चपौली, रतनचुरा, तीनकन्या, हिर्दिङ, भद्रकाली, डाडी लगायतका गाँउमा प्लाष्टिकको टनेलभित्र बेमौसमी तरकारी खेती गर्ने कृषक बढ्दै गएका छन् ।

प्लाष्टिकको टनेलभित्र उत्पादन गरेको बेमौसमी गोलभेंडा कृषकहरुले सदरमुकामसम्म ल्याएर प्रतिकिलो ५० देखि ७० रुपियाँसम्म बिक्री गर्ने गरेको कमलामाई नगरपालिका–३ चपौलीका कृषक डम्बरबहादुर कार्की बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, ‘प्लाष्टिकको टनेलभित्र गोलभेंडा, काँक्रा, करेला, लौका, अकबरे खुर्सानी र हरियो सागपात लहलह फलाएका छन् । टनेलभित्र गरेको तरकारी खेतीबाट कृषकहरुले राम्रै आम्दानी लिएका छौं ।’ कृषक कार्कीका अनुसार जिल्लामा ग्रामीण क्षेत्रका कृषकहरुले पछिल्लो समयमा प्लाष्टिकको टनेलभित्र बेमौसमी तरकारी खेती गरेर मनग्ये आम्दानी लिन थालेका छन् । एउटा टनेल राख्न २५ देखि ३० हजार रुपियाँसम्म खर्च हुन्छ ।

एउटा टनेलले एक सिजनमा ५०÷६० हजार रुपियाँसम्म आम्दानी हुने र दोस्रो बर्षदेखि राम्रो कमाई हुने कृषक कार्कीको भनाई छ । ‘एक जना कृषकले सात÷आठ वटासम्म टनेल राखेका छन्’, उहाँले थप्नुभयो ।

ग्रामीण क्षेत्रमा गरेको बेमौसमी तरकारी खेतीको उत्पादन बिक्री गर्ने मुख्य बजार सदरमुकाम सिन्धुलीमाढी रहँदै आएको छ । ‘व्यापारीहरुको पहिले नै अडर आउछ, गाँउमै गाडी चल्ने हुनाले टिपेर टोकरीमा हालेर पठाई दिन्छु,’ चार वटा टनेलमा तरकारी खेती गर्दै आउनु भएका चपौलीकै कृषक पुष्कर देवकोटाले भन्नुभयो, ‘बिक्री गर्न कुनै समस्या छैन, कमाई पनि राम्रै हँुदै आएको छ ।’

जिल्लामा क्रियासिल विभिन्न गैर सरकारी सङ्घ सस्थाले कृषकहरुलाई बेमौसमी तरकारी खेतीको तालिम दिई आवश्यक प्रविधि तथा बिउबिजन उपलब्ध गराएपछि गाँउगाँउमा प्लाष्टिकको टनेल भित्रिएको हो । केही बर्ष पहिलेसम्म काम बिशेषले सदरमुकाम सिन्धुलीमाढी जाँदा प्लाष्टिकको झोलामा एक÷दुइ किलो गोलभेडा किनेर ल्याइ छाक टार्ने सबैजसो कृषकको खेतबारीमा यतिखेर टनेल भित्र प्रशस्त बेमौसमी तरकारी लहलह फलेको रतनचुरा निवासी शिक्षक लेखबहादुर बस्नेत बताउनुहुन्छ ।

गाँउगाँउमा यातायातको पँहुच पुगेसँगै कृषकहरुको प्लाष्टिकको टनेल भित्रको बेमौसमी तरकारी खेती प्रति आकर्षण बढेको उहाँको बुझाई छ । शिक्षक बस्नेतले भन्नुभयो, ‘यातायात सुविधाले गर्दा व्यापारी तरकारी किन्न कृषकको घरमै पुग्छन । बजारको कुनै समस्या छैन । अलि बढी नाफा लिन खोज्ने कृषकले आफै तरकारी सदरमुकाम सिन्धुलीमाढीसम्म पु¥याएर बिक्रि गर्छन ।’

सदरमुकाम सिन्धुलीमाढीमा तराईका जिल्लाबाट यो सिजनमा बेमौसमी गोलभेंडा लगायतको तरकारी आयात हुदै आएकोमा जिल्लाकै ग्रामीण क्षेत्रमा मनग्ये उत्पादन हुन थालेपछि बाहिरी आयात घट्दै गएको व्यापारीहरु बताउछन् ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter