एक हजार ३३२ जना सङ्क्रमित थपिए, सात जनाको मृत्यु

काठमाडौं, भदौ ३० गते । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ३३२ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । सो अवधिमा १२ हजार ५२४ आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ३३२ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

यस्तै सोही अवधिमा चार हजार ३२० वटा एन्टीजेन परीक्षण गर्दा ४२८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार २२० जना सङ्क्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी सोही अवधिमा सात जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म दश हजार ९९१ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

त्यस्तै उपत्यकामा पछिल्लो २४ घण्टामा ४९५ जना सङ्क्रमित थपिएका छन् । जसमध्ये भक्तपुरमा ६३ जना ललितपुरमा ७२ जना र काठमाडौंमा ३६० जना संक्रमित थपिएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter